बाढी पहिरो पीडितलाई जस्ताको छानो आयो, अब घर बनाउने फलाम, रडक कस्ले दिने ?

बाढी पहिरो पीडितलाई जस्ताको छानो आयो, अब घर बनाउने फलाम, रडक कस्ले दिने ?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २१ गते बुधबार ०२:११

  पर्वतको फलेवास नगरपालिकाले बाढि पहिरो पीडितलाई जस्तापाता वितरण गरेको छ । भदौको अन्तिम साता परेको बर्षाका कारण क्षति पुगेका जोखिमयुक्त फलेवास नगरपालिका- ६ देविस्थानका ११ घरपरिवारलाई जस्तापाता गरेको हो । बाढि र पहिरोवाट घर...

 

पर्वतको फलेवास नगरपालिकाले बाढि पहिरो पीडितलाई जस्तापाता वितरण गरेको छ । भदौको अन्तिम साता परेको बर्षाका कारण क्षति पुगेका जोखिमयुक्त फलेवास नगरपालिका- ६ देविस्थानका ११ घरपरिवारलाई जस्तापाता गरेको हो ।

बाढि र पहिरोवाट घर भत्केर नयाँ बनाउन नसक्नेलाई जस्तापाता र छानो चुहिएर बस्न नमिल्ने अवस्थाका व्यक्तिलाई जस्तापाता वितरण गरेको फलेवास नगरपालिका -६ देविस्थानका वडा अध्यक्ष भोलानाथ भुषालले जानकारी दिनुभयो । राहात पाउनेमा स्थानीय किरण श्रेष्ठ, खगराज शर्मा,योगप्रसाद भुसााल,नेत्र प्रसाद पाध्या, दुर्गीकुमारी पौडेल, ध्रुवप्रसाद श्रेष्ठ, टुल्कीकुमारी पंगाली, यामवहादुर थापा, प्रकास चपागार्ई, अर्जुन नेपाली र मिठे नेपाली रहेका वडा अध्यक्ष भुषालले जानकारी दिनुभयो ।

भदौको अन्तिम साता परेको अविरल बर्षा सँगै आएको बाढि पहिरोले फलेवास नगरपालिका अधिकाँश क्षेत्रमा जनधन तथा पशुचौपायामा क्षति पुर्‍याएको थियो । नगर प्रमुख पदमपाणी शर्माले बाढि पहिरोले क्षति पुर्‍याएर घर बनाएर छानो हाल्न नसकेका तथा घर चुहाएर बस्न नमिल्ने अवस्थाकालाई वडा र प्रहरी चौकीको मुजुल्काका आधारमा जस्तापाता वितरण गरेको बताउनु भयो ।

साथै उहाँले प्राकृतिक विपद जतिबेला पनि आउने भएकाले सजग र सचेत रहन नगरवासीलाई आग्रह गर्नुभयो ।
वडाअध्यक्ष भुसालले वडा भित्र मानवीय क्षति नभएको खुशी व्यक्त गदै वडावासीको समस्या समाधानमा आफु हरपल हरक्षण तयार रहेको जिकिर गर्नुभयो । यहाँले वडाको विकास एक्लै सम्भव नभएको बताउँदै वडाको विकासमा हातेमालो गर्न सबैलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य कुलप्रसाद श्रेष्ठ र कार्यक्रमको संचालन वडा सहायक उत्तम घिमिरेले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७७ असोज २१ गते बुधबार ०२:११
प्रतिक्रिया दिनुहोस