युट्युबका प्रिमियम ग्राहकलाई यस्ता विशेष सुविधा…

युट्युबका प्रिमियम ग्राहकलाई यस्ता विशेष सुविधा…

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ असोज २१ गते बुधबार ०९:५४

भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ। एक्सडीए–डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट ‘प्रिमियम’ ग्राहकलाई मात्र उपलब्ध हुनेछ। केही छानिएका गुगल प्रयोगकर्ताले...

भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ।

एक्सडीए–डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट ‘प्रिमियम’ ग्राहकलाई मात्र उपलब्ध हुनेछ।

केही छानिएका गुगल प्रयोगकर्ताले यी सुविधाहरु परीक्षण गरिसकेको दी भर्जले जनाएको छ। प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडियो, आवाज, आवाज मार्फत खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरु प्रयोग गर्न पाउने छन्।

प्रिमियम सेवा लिन ग्राहकले प्रति महिना करिब १२ अमेरिकी डलर तिर्नु पर्नेछ।

ग्राहकले विज्ञापन रहित, पृष्ठभूमिका अन्य सामग्री हटाएर पनि भिडियो हेर्न सक्नेछन् भने युट्युब म्युजिक च्यानलमा समेत अलग पहुँचको सुविधा लिन सक्नेछन्। रासस/एएनआई

प्रकाशित मिति २०७७ असोज २१ गते बुधबार ०९:५४
प्रतिक्रिया दिनुहोस