कोरोनाबाट मृत्यु भएका व्यक्तिको कुशको शव बनाएर दाहसंस्कार !

कोरोनाबाट मृत्यु भएका व्यक्तिको कुशको शव बनाएर दाहसंस्कार !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ५ गते बुधबार ०७:५३

मृत्युपश्चात् कोरोना संक्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको शव बनाएर बुधबार परिवारले दाहसंस्कार गरेका छन्। गत असोज २८ गते पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएका ती व्यक्तिको कुशको शव बनाएर...

मृत्युपश्चात् कोरोना संक्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको शव बनाएर बुधबार परिवारले दाहसंस्कार गरेका छन्।

गत असोज २८ गते पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएका ती व्यक्तिको कुशको शव बनाएर परिवारले दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरेका हुन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएकाले परिवारले आठ दिनपछि कुशको शव बनाएर दाहसंस्कार गरेको हो।

टाउकोको शल्यक्रियाका लागि अस्पताल पुगेका उनको उपचारका क्रममा मृत्यु भएको थियो। मृत्युपश्चात् पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। रासस

प्रकाशित मिति २०७७ कार्तिक ५ गते बुधबार ०७:५३
प्रतिक्रिया दिनुहोस