क्यान्सरलाई जितेका दत्त भन्छन्ः ईश्वरले कठिन लडाइँ आफ्नो मजबुत सिपाहीलाई सुम्पन्छ

क्यान्सरलाई जितेका दत्त भन्छन्ः ईश्वरले कठिन लडाइँ आफ्नो मजबुत सिपाहीलाई सुम्पन्छ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ कार्तिक ५ गते बुधबार ११:०४

बलिउड अभिनेता सञ्जय दत्त हालैमात्र क्यान्सर मुक्त भएका छन्। मंगलबार दत्त क्यान्सर मुक्त भएको विषय भारतीय संचारमाध्यमले जनाएका थिए। बुधबार आफू क्यान्सर मुक्त भएको जानकारी गराउँदै उनले ट्वीटमा सन्देश लेखेका छन्।ु जहाँ उनले भनेका...

बलिउड अभिनेता सञ्जय दत्त हालैमात्र क्यान्सर मुक्त भएका छन्। मंगलबार दत्त क्यान्सर मुक्त भएको विषय भारतीय संचारमाध्यमले जनाएका थिए।

बुधबार आफू क्यान्सर मुक्त भएको जानकारी गराउँदै उनले ट्वीटमा सन्देश लेखेका छन्।ु

जहाँ उनले भनेका छन्,‘पछिल्लो केहीहप्ता मेरो र मेरा परिवारका लागि मुश्किल समय रह्यो। तर भनिन्छ नि ईश्वरले सबैभन्दा कठिन लगाइँ सँधै आफ्नो मजबुत सिपाहीहरुलाई सुम्पन्छ। आज मैले आफ्नो बच्चाको जन्मदिनमा यो लडाइँ जित्न पाउँदा निकै खुशी भएको छु।’

My heart is filled with gratitude as I share this news with all of you today. Thank you 🙏🏻 pic.twitter.com/81sGvWWpoe
— Sanjay Dutt (@duttsanjay) October 21, 2020

‘यो सबै तपाइँको भरोसा र समर्थन बिना सम्भव थिएन। म आफूलाई साथ दिने आफ्नो परिवार, साथीभाई तथा फ्यानसँग आभार व्यक्त गर्न चाहन्छु’ दत्तले भने।

६१ वर्षका दत्तले १५० भन्दा बढी चलचित्रमा काम गरेका छन्। उनले आफूले नयाँ चलचित्रको लागि सुटिङ पनि सुरुवात गरेको बताएका छन्।

यसअघि हालै सञ्जय दत्तको एक तस्बिर सार्वजनिक भएको थियो। क्यान्सर लागेको पुष्टि भएपछि सार्वजनिक तस्बिरमा उनी निकै दुब्ला देखिएका थिए।

प्रकाशित मिति २०७७ कार्तिक ५ गते बुधबार ११:०४
प्रतिक्रिया दिनुहोस