धौलागिरीकै व्यवस्थित आधुनीक प्रविधि  युक्त  ड्राईभिङ स्कुल सञ्चालनमा

धौलागिरीकै व्यवस्थित आधुनीक प्रविधि  युक्त  ड्राईभिङ स्कुल सञ्चालनमा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ पुस २५ गते बुधबार ०६:४६

स्थानीय तह कार्यान्वय पछि सडक निर्माणले तिब्रता पाएसँगै  व्यवस्थीत ड्राईभिङ स्कुलहरु निर्माण हुन लागेका छन ।  खाली चौर खेल मैदान  सडकमा  सिकारुहले सवारी सिक्दै आएको पर्वतमा  व्यवस्थीत र आधुनीक प्रविधि युक्त ड्राईभिङ स्कुल सञ्चालनमा...

स्थानीय तह कार्यान्वय पछि सडक निर्माणले तिब्रता पाएसँगै  व्यवस्थीत ड्राईभिङ स्कुलहरु निर्माण हुन लागेका छन ।  खाली चौर खेल मैदान  सडकमा  सिकारुहले सवारी सिक्दै आएको पर्वतमा  व्यवस्थीत र आधुनीक प्रविधि युक्त ड्राईभिङ स्कुल सञ्चालनमा ल्याइएको हो ।  गाउँगाउँमा सडक निर्माण भएसँगै  व्यवस्थीत ड्राईभिङ स्कुलको आवश्यतालाई मध्य नजर गरेर धौलागिरीकै आधुनीक प्रविधि युक्त ड्राईभिङ स्कुल निर्माण गरीएको हो ।

कुश्मा नगर पालिका  ४  छमर्केमा  व्यवस्थीत ड्राईभिङ स्कुल सञ्चालनमा ल्याईएको छ ।  साडे एघार रोपनी क्षेत्रफलमा  निर्माण गरीएको ड्राईभिङ स्कुल  कार  र मोटर साईकल, स्कुटरको लागि  छुटटा छुटटै सिकाउने पिच निर्माण गरीएको छ ।

 

ट्रफिक लाईट समेतको व्यवस्था गरी  आधुनीक प्रविधि युक्त बनाएर विश्व बजारमा युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले ड्राईभिङ स्कुल सञ्चालकले जनाएको हो । खाली चौर ,बिच बजार  र खेलकुद मैदानमा  सवारी सिक्ने गरीएको अवस्थामा व्यवस्थीत गराउन पनि स्कुल निर्माण गरीएको  स्कुलका अध्यक्ष परशु राम पुरीले बताउनु भयो ।

धौलागिरीका  चार जिल्लालाई लक्षीत गरेर कुश्मा पोखारा राजमार्ग नजिकै  शालिग्राम ड्राईभिङ एण्ड प्रि टेस्ट सेन्टर सञ्चालनमा ल्याइएको छ ।  एघार जना युवाहरुको  लगानीमा निर्माण गरीएको  ड्राईभिङ स्कुलले नजिकै वु्लु एन्जल रिर्सोट समेत सञ्चालमा ल्याएको हो ।

 

पछिल्ला युवा पुस्तालाई स्वारोजगार बनाउँदै स्थानीय उत्पादनलाई बजारीक करण गराउने उदेश्यले कृषि फर्मको समेत परिकल्पना गरीएको पुरीले बताउनु भयो । अहीले सम्म स्कुलमा मात्र एक करोड भन्दा माथी लगानी भईसकेको स्कुलले जनाएको छ ।

 

प्रकाशित मिति २०७५ पुस २५ गते बुधबार ०६:४६
प्रतिक्रिया दिनुहोस