पत्रकारलाई चनाखो हुन पूर्व सांसद जोशीको आग्रह

पत्रकारलाई चनाखो हुन पूर्व सांसद जोशीको आग्रह

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ पुस २७ गते शुक्रबार ०४:५०

पर्वत पुस २७ नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले प्रेसलाई चनाखो हुन आग्रह गर्नुभएको छ । प्रेश यूनियन पर्वतको पाँचौ अधिबेशनको आज पर्वतको कुश्मामा उद्घाटन गर्दै जोशीले त्यस्तो बताउनुभएको हो । उहाँले वर्तमान...

पर्वत पुस २७
नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले प्रेसलाई चनाखो हुन आग्रह गर्नुभएको छ । प्रेश यूनियन पर्वतको पाँचौ अधिबेशनको आज पर्वतको कुश्मामा उद्घाटन गर्दै जोशीले त्यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारले प्रेशलाई आफ्नो पकडमा राखेर अधिनायबाद लाद्न खोजेको आरोप लगाउनुभयो । सरकारले स्वतन्त्र प्रेश, न्यायलय, पुलिस प्रसासन सबै क्षेत्रलाई थर्कमान बनाएर देशलाई झनै बर्बाद बनाउन थालेकोले प्रेश यस्ता हर्कतका बिरुद्ध उत्रिनुपर्ने बताउनुभयो ।

 

 

उहाँले पत्रकारहरुलाई स्वतन्त्र रहन पनि सुझाव दिनुभयो । जोशीले प्रेश यूनियनलाई रचनात्मक नेतृत्व चयन गर्न पनि अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, प्रेश यूनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति नवराज गुरुङ, पूर्व साँसद एवं महासमिति सदस्य ऋषीकेश तिवारी, जिल्ला सचिव विश्वप्रकाश प्रसाई, युक्तप्रसाद श्रेष्ठ, नेपाल प्रेश यूनियनका केन्द्रिय सदस्य दीलिप पौडेल र अगन्धर तिवारी, संस्थापक अध्यक्ष ओमप्रसाद घायल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष प्रनिश गिरी, प्रेस चौतारीका अध्यक्ष गणेश गिरी लगायतले मन्तब्य राख्नु भएको थियो ।

 

बन्दसत्रमा अध्यक्ष छविलाल तिवारी, सचिव उत्तम अधिकारी, कोषाध्यक्ष शिवराज शर्माको प्रतिबेदन पारित भएको छ । कार्यक्रम अध्यक्ष तिवारीको अध्यक्षता, उपाध्यक्ष माया अधिकारीको स्वागत र सचिव उत्तम अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति २०७५ पुस २७ गते शुक्रबार ०४:५०
प्रतिक्रिया दिनुहोस