पर्वत प्रहरीले थाल्यो स्टेपिङ अपरेशन

पर्वत प्रहरीले थाल्यो स्टेपिङ अपरेशन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ पुस २७ गते शुक्रबार ०५:१४

लागू औषध दुव्र्यसनीको संख्या बढ्दै गएपछि पर्वत प्रहरीले स्टेपिङ अपरेशन शुरू गरेको छ । पर्वतमा लागू औषधको समस्या भित्रभित्रै फैलिएको भेटिएपछि स्टेपिङ अपरेशन शुरू गरेको हो । अपरेशनपछि प्रहरीले ठूलो सफलता प्राप्त गरेको दाबी गरेको...

लागू औषध दुव्र्यसनीको संख्या बढ्दै गएपछि पर्वत प्रहरीले स्टेपिङ अपरेशन शुरू गरेको छ । पर्वतमा लागू औषधको समस्या भित्रभित्रै फैलिएको भेटिएपछि स्टेपिङ अपरेशन शुरू गरेको हो । अपरेशनपछि प्रहरीले ठूलो सफलता प्राप्त गरेको दाबी गरेको छ । पर्वत प्रहरीले गएको साउन यता ९ वटा लागूऔषध मुद्दा दर्ता गरेको हो ।

पर्वतमा गएको आर्थिक वर्ष २०७४/७५ मा जम्मा २ वटा र २०७३/७४ मा एउटा मात्रै लागू औषध सम्बन्धी मुद्दा दर्ता गरेको थियो । तर साउन यता भदौ महिनामा एउटा, कात्तिक र मंसिरमा ३/३ वटा मुद्दा दर्ता गरेको छ भने पौषमा २ वटा मुद्दा दर्ता भइसकेका छन ।

दुव्र्यसनी बढ्दै गए पनि प्रहरीले खासै ध्यान दिन नसकेको देखिएपछि स्क्यानिङ गर्दा समस्या जटिल भएको भेटिएको प्रहरीले जनाएको छ । ‘अघिल्ला वर्षका मुद्दा हेर्दा पर्वतमा लागूऔषधको खासै समस्या छैन जस्तो लागेको थियो’, प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले भन्नुभयो– ‘समुदायमा पुग्दा भित्रभित्रै भूसको आगोजस्तो फैलिएको भेटेपछि स्टेपिङ अपरेशन शुरू ग¥यौं ।’

जनताबाट गुनासो आएपछि निगरानी बढाउँदा पक्राउ पर्न थालेपछि उनीहरूले खरिद गर्ने ठाउँ र सेवन गर्ने साथीदेखि छिमेकी बाग्लुङ र म्याग्दीसमेत पुगेर दुव्र्यसनीहरू पक्राउ गर्न प्रहरी सफल भएको उहाँको भनाइ छ ।

पर्वतमा सानो परिणाममा लागूऔषध बाग्लुङबाट भित्राउने गरेका छन् भने अलि ठूलो परिमाण पोखराबाट र सुनौलीसम्म समेत पुगेर खरिद हुँदै आएको प्रहरीले जनाएको छ । अभियानका क्रममा प्रहरीले गाँजा र चरेस सेवनकर्ताहरूलाई बढी पक्राउ गरेको छ भने नर्फिन, फेनेरागन र डाइजिपाम तथा ट्याब्लेट समेत समातेको छ । लागूऔषधका प्रयोगकर्ता बढी मात्रामा कुस्मा, जलजला र मोदी गाउँपालिकाबाट पक्राउ परेका छन ।

प्रकाशित मिति २०७५ पुस २७ गते शुक्रबार ०५:१४
प्रतिक्रिया दिनुहोस