जलजला गाउपालिकाका प्रमुख रामकृष्ण मल्लले गरे यस्तो गुनासो

जलजला गाउपालिकाका प्रमुख रामकृष्ण मल्लले गरे यस्तो गुनासो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ पुस २७ गते शुक्रबार ०५:२७

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण) ले प्रहरीले स्थानीय निकायको कुनैपनि कुरा नमान्दा समस्या उत्पन्न भएको बताउनुभएको छ । मल्लले धौलागिरि मिडिया संग कुरा कानी गर्र्दैै प्रहरीकै अगाडी ठुलाठूला अवैध कारोवार...

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण) ले प्रहरीले स्थानीय निकायको कुनैपनि कुरा नमान्दा समस्या उत्पन्न भएको बताउनुभएको छ ।

मल्लले धौलागिरि मिडिया संग कुरा कानी गर्र्दैै प्रहरीकै अगाडी ठुलाठूला अवैध कारोवार भइरहेको तर नियन्त्रण गर्न लगाएपनि प्रहरीले असहयोग गरेको गुनासो र्गनु भएको छ । मल्लले कानूनको पालना नहुँदा स्थानीय सरकारलाई प्रहरीबाटै असहयोग भएको उहाँको भनाई छ । एकातिर कानून कार्यान्वयनको अन्यौलता र अर्कोतिर स्थानीय सरकारले नगर प्रहरी भर्ना गर्न नसक्ने अवस्था हुँदा बारम्बार काममा अवरोध सिर्जना भएको पनि उहाँले बताउनुभयो ।

प्रमुख मल्लले अवैध रुपमा भइरहेका थुप्रै कार्यहरुमा प्रहरीले असयोग गरेको भन्दै संघ मार्फत चल्ने प्रहरीले स्थानीय सरकार मार्फत चल्न नसक्ने भनेर अटेर गर्दा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले कालिगण्डकी नदीमा दर्ता नगरिएका क्रसरहरुले नदिजन्य पदार्थको उत्खनन् बढाएको तर, त्यसमा रोकथाम गर्न खोज्दा प्रहरीले नै अवरोध गरेको दावी गर्नुभयो ।

स्थानीय सरकारलाई कानूनी अडचन भई काम गर्न कठिनाई भैरहेका बेला प्रहरी समेतले असयोग गर्दा विकास लगायतका धेरै कुराहरुमा समस्या सिर्जना भएको गाउँपालिका प्रमुख मल्लको भनाई छ । बिकास निर्माका काम बिचबिच मा बाधा पुराउदा काम गर्न असहज भएको बताउनु भएको हो ।

प्रकाशित मिति २०७५ पुस २७ गते शुक्रबार ०५:२७
प्रतिक्रिया दिनुहोस