मिलिजुली टिकटक परिवारकाे सहयाेग!

मिलिजुली टिकटक परिवारकाे सहयाेग!

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर १३ गते शनिवार ०२:२७

भदौ अन्तिम साता निर्माण भएको मिलिजुली टिकटक परिवारले मंसिर ११ गते भैरहवास्थित सिद्धार्थ बालगृह पुगि नगद ३५ हजार ९ सय २३ रुपियाँ आर्थिक सहयोग गरेको छ। मिलिजुली टिकटक परिवारले बालगृहमा आश्रति रहेका बालबालिकाहरुलाइ सहयोग पुग्ने...

भदौ अन्तिम साता निर्माण भएको मिलिजुली टिकटक परिवारले मंसिर ११ गते भैरहवास्थित सिद्धार्थ बालगृह पुगि नगद ३५ हजार ९ सय २३ रुपियाँ आर्थिक सहयोग गरेको छ। मिलिजुली टिकटक परिवारले बालगृहमा आश्रति रहेका बालबालिकाहरुलाइ सहयोग पुग्ने उदेश्यले उक्त रकम बालगृहकी अध्यक्ष कृष्ण कुमारी गुरुङलाई हस्तान्तरण गरेको थियो।मिलिजुलि परिवारकी संरक्षक रारा सैजु निखिलेश पुरीकाे प्रमुख आतिथ्यमा संचालन भएको उक्त कार्यक्रममा मिलिजुली परिवारका फाउन्डर राजन कडेल साथै परिवारका सदस्य माधव भट्टराईलगायत मिलिजुली टिकटक परिवारक १ दर्जन भन्दा बढी सदस्य को उपस्थिति रहेको थियो।

एक दशक अगाडि देखि भैरहवामा संचालनमा रहेको सिद्धार्थ बालगृहमा हाल १९ जना बालबालिका आश्रति रहेको बालगृहकि अध्यक्ष कृष्णकुमारी गुरुङले बताए। आगमी दिनहरुमा समाजिक कार्यमा सदाबाहर रुपमा लागि पर्ने परिवारका सदस्य माधव भट्टराईले बताए।

प्रकाशित मिति २०७७ मङ्सिर १३ गते शनिवार ०२:२७
प्रतिक्रिया दिनुहोस