
देशमा सम्भावना खोजेर व्यवसाय सञ्चालन गरेका उद्योगी व्यापारीहरु चर्को करको मारमा परेको पर्वतका व्यापारीहरुले गुनासो गरेका छन । पर्वत उद्योगा वाणिज्य संघको ३६ औ वार्षिक साधारण सभामा व्यापारीहरुले यस्तो गुनासो गरेका हुन । उद्योगीहरुले मुलुकमा लगानीको वातावरण नभईसकेको बताउँदै सरकारले सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने धारणा राखेका हुन । बैैकीङ्ग कारोवारमा पनि देश मै उद्योग धन्दा सञ्चालन गरेर सम्भावनाको खोजी गरीरहेका व्यवासायीहरुलाई सहज कर्जा उपलब्ध गराउन माग राखेका हुन । उनिहरुले निजी क्षेत्रलाई सहज बातावरण बनाएर सम्वृद्धिको अभ्यासमा मुलुक लाग्न आवश्यक रहेको व्यापारीहरुले बताएका छन । चर्को व्याजमा साना उद्योगीहरु माथी उठन नसक्ने भन्दै मुलुकको सम्वृद्धिका लागि राज्यले नारा मात्र ल्याएर नहुने कास्की उद्योग वाणिज्य संघका अध्यक्ष हिरा जिसीले बताउनु भयो ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सेनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा प्रतिनिधि सभा सदस्य पदम गिरी , तथा प्रदेश वन पर्यटन उद्योग मन्त्री विकास लम्साल लगायतले बोल्नु भएको थियो । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय तहका जन प्रतिनिधि तथा उपशाखाका पदाधिकारीहरुको सहभागिता रहको थियो ।

प्रकाशित मिति २०७५ पुस २८ गते शनिवार ०१:४४