पर्वत /पर्वत उद्योग बाणिज्य संघको ३६ औ बार्षिक साधारणसभा भब्य रुपमा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन सत्रमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना देखि गण्डकी प्रदेशका मन्त्री बिकास लम्साल, पर्वतबाट निर्वाचित प्रतिनिधीसभा सदस्य पदम गिरी, प्रदेश सभा सदस्य जुना नेपाली देखि जिल्ला समन्वय समितिका सभापति र स्थानिय तहका प्रमुखहरु सम्म ।
यबसायीको साधारणसभामा एउटै मञ्चमा रहेका जनप्रतिनिधीले पर्वत जिल्लाका लागि यो पाँच बर्षे कार्यकाल स्वर्णयुग भएको उद्घोष गरे । बहुदल आएपछि २५ बर्षमा हुन नसकेको र पर्वतबाट निर्वाचित जनप्रतिनिधीले गर्न नसकेको बिकास ४ बर्षभित्रमा गरेर देखाउने प्रतिबद्धता पनि जनाए ।
पर्वतमा राज्यको महत्वपुर्ण राजनैतिक पद राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधीसभामा प्रत्यक्ष निर्वाचित साँसद, प्रदेशसभाको सभामुख, प्रदेशसभामा शक्तिशाली मन्त्रालय समेत रहेको अबस्थामा पर्वत जिल्लामा बिकास निर्माण र जिल्लाको भाग्य र भविश्य बदल्ने दिर्घकालिन योजनाहरु निर्माण हुने अवस्था भएकाले पर्वतको बिकासका लागि यस्तो अवस्था न यस अघि आएको थियो न भविश्यमा यस्तै अवस्था पनि आउने भएकाले यसलाई स्वर्ण युगको रुपमा समेत चित्रण गरियो ।
पर्वत उद्योग बाणिज्य संघको ३६ औं साधारणसभामा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले पर्वत जिल्लामा पाँच बर्षमा मुख्य सडक कालोपत्रे गर्ने र पुल नभएर यातयात चलेनन भन्ने अवस्था नआउने गरि काम हुने आश्वासन पनि दिनुभयो ।
‘यो चारबर्षमा पर्वतमा सबैले आश्चार्य मान्ने गरि काम हुन्छन’ उहाँले भन्नुभयो ‘स्थानिय तह र उद्यमीहरुले त्यसबाट फाइदा लिने गरि उद्यमशिलताको बिकास गर्ने योजना बनाउन जरुरी छ’ उहाँले पर्वत लामा र अग्ला पुलको जिल्ला बन्ने तथा पर्यटकीय हब बनाउने काम भएकाले निजी क्षेत्रले पर्यटन र स्थानिय उत्पादन बढाउन पनि आग्रह गर्नुभयो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले प्रदेशका ८५ वटै तहमा औधोगिक ग्राम बनाउने तयारी भएको बताउँदै पर्वतको पाङ्गमा औधोगिक ग्राम बन्ने जानकारी दिनुभयो । पोखरा पछि पर्यटनको इपि सेन्टरको रुपमा पर्वतको कुस्मालाई बिकास गर्ने लक्ष्य लिइएको र पोखरा आउने पर्यटकलाई पर्वत सम्म आउने वातावरण बनाउन सरकारले ठुला योजना बनाउँदै गरेको जानकारी पनि दिनुभयो ।
अर्को प्रसंगमा मन्त्री लम्सालले सडक, खानेपानी, पर्यटन, लगायतका पुर्वाधारका क्षेत्रमा पर्वत जिल्लामा बितेका २५ बर्ष सम्म हुन नसकेको काम यो चार बर्षमा हुने दाबी पनि गर्नुभयो । उहाँले २०४६ सालपछि पर्वतमा जम्मा ४१ किलोमिटर बाटो कालोपत्रे भएपनि अबको चार बर्षभित्र ३ सय किलोमिटर सडक कालोपत्रे हुने दाबी गर्नुभयो ।
प्रतिनिधीसभाका सदस्य पदम गिरीले सरकारले ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य हासिल हुनेगरि काम गरिरहेको हुँदा बिरोधीहरुले दुई चार दिन गर्ने हल्लाको कुनै औचित्य हुँदैन भन्नुभयो ।
पर्वत जिल्लाका मुख्य सडक कालोपत्रे गर्ने काम शुरु भएको र जिल्लालाई स्वच्छ खानेपानी युक्त जिल्ला बनाउने संकल्प पुरा गरेरै छाड्ने बिश्वास दिलाउनुभयो । उहाँले पर्वत जिल्लामा इतिहाँसमै हुन नसकेका उपलब्धीहरु देखिने दाबी पनि गर्नुभयो ।
प्रकाशित मिति २०७५ पुस २९ गते आईतबार ०३:१४