प्रहरीलाई ज्योति मगरको प्रश्नः निर्मलाका हत्यारा नपक्रने, होटलमा बसेका जोडी किन पक्रने ?

प्रहरीलाई ज्योति मगरको प्रश्नः निर्मलाका हत्यारा नपक्रने, होटलमा बसेका जोडी किन पक्रने ?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ पुस २९ गते आईतबार ०९:०७

सन्धिखर्क, पुष २९ । लोक गायिका ज्योति मगरले प्रहरीले होटलमा बसेका जोडीलाई बिनासित्ती पक्रेको भन्दै प्रहरीमाथि आक्रोश पोखेकी छिन। ठूलाबडाले ठूला-ठूला तारे होटलमा मोज मस्ती गर्दा नपक्रने तर सामान्य जोडीलाई पक्रने गरेको भन्दै उनले...

सन्धिखर्क, पुष २९ । लोक गायिका ज्योति मगरले प्रहरीले होटलमा बसेका जोडीलाई बिनासित्ती पक्रेको भन्दै प्रहरीमाथि आक्रोश पोखेकी छिन। ठूलाबडाले ठूला-ठूला तारे होटलमा मोज मस्ती गर्दा नपक्रने तर सामान्य जोडीलाई पक्रने गरेको भन्दै उनले प्रहरीमाथि व्यंग्य गरेकी हुन्।

निर्मला पन्तका हत्यारा पक्रन नसक्ने प्रहरीलाई सहमतिमा बसेका जोडीलाई दुःख दिने अधिकार नभएको उनको तर्क थियो। चौंथो अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तूति दिन ज्योति सन्धिखर्कमा आएकी थिइन्।

ज्योती मगर जब स्टेजमा आइन माहोल निकै तातेको थियो। उनले नेपाली पहिचानका कुरासँगै युवादेखि पाका पुस्ताका बारेमा व्यंग्य गर्दै दर्शकलाई मजाले हँसाइन्। उनले भनिन्, ‘जब ढाडे बिरालो नामको गीत बजारमा आयो, म विवादमा आएकी थिएँ, तर केही व्यक्तिले माया नगरे पनि धेरै दर्शक श्रोताले माया गर्नु भएको छ। यसैमा खुशी छु।’

लोक संगीतलाई छाडा बनाउने आरोप खेपिरहेकी ज्योतीले स्टेजमा रमाइलो गर्दा कसरी छाडा हुन् भन्दै मानिसको सोचाइ अनुसार शब्दको व्याख्या हुने बताइन्। दोस्रो दिन राष्टिय स्तरका कलाकारहरुले प्रस्तुति दिएका छन्। राष्ट्रिय कलाकार ज्योती मगर, पुषोतम पौडेल, धावा लामा , इन्द्रिरा गैरै सुनिल गिरीलगायतका कलाकारले आ-आफनो प्रस्तूति दिएका थिए। अन्नपूर्ण पोस्ट्बाट

प्रकाशित मिति २०७५ पुस २९ गते आईतबार ०९:०७
प्रतिक्रिया दिनुहोस