बागलुङ । बिश्व बैंकको सहयोगमा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजनामार्फत बागलुङ नगरपालिकामा कार्यक्रम लागू हुने भएको छ ।
लिकाले सदरमुकाममा आयोजना गरेको कार्यक्रममा बिश्व बैंकको सहयोगमा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना मार्फत काम गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।
अहिले नेपालीको २१ वटा नगरपालिका मध्ये बागलुङ नगरपालिका पनि बिश्व बैंकको लगानी हुन लागेको अहिले बिश्व बैंकले तोकेको मापदण्ड पूरा गरेको ठाउँमा मात्रै लगानी गर्न लागेको कन्सलटेन्सीका पुरूषोत्तम महतोले जानकारी गराएका थिए ।
नगरपालिकाको सडक फोहोर ब्यबस्थापन खानेपानी लगायतका पुर्वाधार पूरा भएको ठाउँमा कार्यक्रम लागू गर्नको बाताबरण तयार गरेर केन्द्रमा जानकारी गराएपछि नगरपालिकामा यो योजना लागू हुने बागलुङ नगरपालिकाले जनाएको छ ।

भोलिका दिनमा काम गर्न कुनै पनि समस्या झेल्न नपरोस भनेर नगर क्षेत्रमा सरोकार राख्ने सबै सरोकारवालालाइ राखेर कार्यक्रम गरिएको समेत जानकारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर कुबँरले जानकारी गराएका थिए ।
कार्यक्रममा बागलुङ जिल्लामा सडकको समस्या नगर क्षेत्रमा भएको सडक साँघुरो त्यसमा पनि यातायातको चाप जथाभावी पार्किङ कै कारण दुर्घटनाको संभावना झन बढेर गएको शुद्ध खानेपानी अहिलेसम्म पनि जनताले खान नपाएको बिषय समस्या लाई समाधान गर्न सकेको खण्डमा राम्रो हुने धारणा राखेका थिए ।
प्रकाशित मिति २०७५ पुस २९ गते आईतबार १०:५२