तोलामा कतिले बढ्यो सुनको मूल्य ?

तोलामा कतिले बढ्यो सुनको मूल्य ?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ पुस ३० गते सोमबार ०५:४४

काठमाडौं, पुस ३० । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । आइतबार सुन तोलाको ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

काठमाडौं, पुस ३० । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

आइतबार सुन तोलाको ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जानकारी दिएको छ ।

आइतबार तेजावी सुन तोलामा ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छ ।

आइतबार बजारमा चाँदी तोलामा ७ सय ६० कारोबार भएको थियो भने आज पनि तोलाको ७ सय ६० रुपैयाँमै कारोबार भइरहेको थियो ।

प्रकाशित मिति २०७५ पुस ३० गते सोमबार ०५:४४
प्रतिक्रिया दिनुहोस