वाइडबडीबारे ओलीको अघिल्लो सरकारकै पालमा निर्णय भएको खुलासा, को जान्छ जेल?

वाइडबडीबारे ओलीको अघिल्लो सरकारकै पालमा निर्णय भएको खुलासा, को जान्छ जेल?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ पुस ३० गते सोमबार ०८:०८

धनगढी। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनले यो निर्णय केपी शर्मा ओलीको अघिल्लो सरकारले नै गरेको खुलासा गरे।...

धनगढी। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनले यो निर्णय केपी शर्मा ओलीको अघिल्लो सरकारले नै गरेको खुलासा गरे। त्यतिखेर पर्यटनमन्त्री आनन्द पोखरेल थिए। अब छानविन भए उनी पनि जेल जानेछन्।

आइतबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए।

उनले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गरे। “मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,” उनले भने।

प्रकाशित मिति २०७५ पुस ३० गते सोमबार ०८:०८
प्रतिक्रिया दिनुहोस