अहिलेको संघीयता हामीलाई अस्वीकार्य छ, मगरात प्रदेशका लागि संघर्ष गछौं (भिडियोसहित)

अहिलेको संघीयता हामीलाई अस्वीकार्य छ, मगरात प्रदेशका लागि संघर्ष गछौं (भिडियोसहित)

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ पुस २७ गते शुक्रबार १०:०१

बागलुङ । नेपाल मगर संघ गण्डकी प्रदेशले ११ वुँदे बागलुङ घोषणापत्र जारी गरेको छ । यही पुस २७ र २८ गते भएको सम्मेलनले उक्त घोषणापत्र जारी गरेको हो । ५५ सदस्यीय जम्मो गण्डकी प्रदेश कमिटि गठन गरेको सम्मेलनबाट सिद्धार्थ गर्जा मगर अध्यक्षमा...

बागलुङ । नेपाल मगर संघ गण्डकी प्रदेशले ११ वुँदे बागलुङ घोषणापत्र जारी गरेको छ । यही पुस २७ र २८ गते भएको सम्मेलनले उक्त घोषणापत्र जारी गरेको हो । ५५ सदस्यीय जम्मो गण्डकी प्रदेश कमिटि गठन गरेको सम्मेलनबाट सिद्धार्थ गर्जा मगर अध्यक्षमा चयन भएका छन् ।

प्रथम उपाध्यक्षमा गणेशबहादुर थापामगर, उपाध्यक्ष हेमबहादुर बुढामगर, मुख्य सचिव बिष्णु बहादुर राना मगर, सचिव हेमन्त थापा मगर, राजकुमार थापा मगर देबीसरा पुलामी मगर, महिला सचिव तारामाया थापा मगर, कोषाध्यक्ष तुल बहादुर सुनारी मगर, सह कोषाध्यक्ष मोहन थापा मगर रहेका छन् । मनाङ र मुस्ताङबाट पदाधिकारी मनोनित गर्ने छ ।

विरोध
बागलुङमा सम्पन्न प्रदेश स्तरीय सम्मेलमा जारी गरिएको घोषणापत्रको पहिलो बुँदामा नै अहिलेको संघीयताको सिमांकन विषयमा विरोध जनाइएको छ ।
मगरात भूमिलाई निरन्तरता दिन सिमांकनमा हेरफेर गर्नुपर्ने र ११ प्रदेश बनाउनु पर्ने माग राखिएको छ । नवनिर्वाचित गण्डकी प्रदेशका अध्यक्ष सिद्धार्थ गर्जा मगरले मगरात राज्यको लागि आफूहरुले संघर्ष गर्ने बताएका छन् ।
अन्य जनजाति, सिमान्तकृत समुदाय, उत्तपीडन वर्गको आन्दोलनमा एक्केबद्धता जनाउँदै संघर्षमा होमिने बताए ।

माग
गण्डकी प्रदेशमा ४ लाखभन्दा बढी मगर समुदायका मानिसहरुको बाहुलियता रहेको अवस्थामा मगर भाषाको विकास र विस्तारको लागि विश्वविद्यालय निर्माण गर्ने बताएको छ । तर कहाँ र कहिलेसम्म गरिसक्ने भन्ने एकिङ तथ्याङ र आधार भने पेश हुन सकेका छैनन् । प्रदेशस्तरीय विश्वविद्यालय बनाउन सरकारसँग माग गर्ने बताइएको छ ।

संघर्ष
प्रथम सहित लखन थापा मगरको स्मृति दिवसको रुपमा फागुन २ लाई शहिद दिवस घोषणा गर्न माग गर्ने घोषणापत्रमा उल्लेख छ । मगरको लिखित, अलिखित इतिहास, मुर्त र अमुर्त साँस्कृतिक सम्पदाहरुको पहिचान, संरक्षण र सम्र्वद्धन गर्ने गर्ने,राज्यबाट भएको सांस्कृतिक र भाषिक हस्तक्षेपको विरुद्ध संघर्ष गर्ने बताएको छ ।

प्रकाशित मिति २०७५ पुस २७ गते शुक्रबार १०:०१
प्रतिक्रिया दिनुहोस