लमजुङमा गएको भूकम्पबाट २ घर भत्किदा २ जना घाइते

लमजुङमा गएको भूकम्पबाट २ घर भत्किदा २ जना घाइते

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ जेठ ५ गते बुधबार ०२:३१

बुधबार विहानै लमजुङ केन्द्रविन्दु भएर गएकाे भूकम्पले पुर्याएकाे क्षति विवरण आउन थालेकाे छ । यद्यपि सानाे म्याग्निच्युडकाे भएकाे धेरै क्षति हुन पाएकाे छैन । अहिलेसम्म प्राप्त जानकारी अनुसार २ वटा घर भत्किदा २ जना घाइते भएका छन्...

बुधबार विहानै लमजुङ केन्द्रविन्दु भएर गएकाे भूकम्पले पुर्याएकाे क्षति विवरण आउन थालेकाे छ । यद्यपि सानाे म्याग्निच्युडकाे भएकाे धेरै क्षति हुन पाएकाे छैन ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार २ वटा घर भत्किदा २ जना घाइते भएका छन् । घाइतेकाे उपचार भैरहेकाे छ ।

लमजुङस्थित पत्रकार आश गुरुङले दिएकाे जानकारी अनुसार बेसिशहर नगरपालिका वडा ८ चनाैटे र साेही नगरपालिकाकाे वडा नम्बर ११ रामचाेकबेसीमा एउटा एउटा घर भत्किदा २ जना घाइते भएका छन् ।

लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा गएकाे भूकम्पकाे म्याग्निच्युड ५.८ भएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ ।

भुकम्पले भत्काएकाे घर ।

भूकम्पको धक्का पाेखरा, गाेरखा, धादिङ, काठमाडौँ उपत्यकासहितका क्षेत्रमा महशुस भएको थियो । थप विवरण आउन बाँकी छ ।समाधान न्युजबाट

प्रकाशित मिति २०७८ जेठ ५ गते बुधबार ०२:३१
प्रतिक्रिया दिनुहोस