बडिगाडकी कोरोना संक्रमित २६ बर्षिया युवतीको मृत्यु

बडिगाडकी कोरोना संक्रमित २६ बर्षिया युवतीको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ असार ५ गते शनिवार ०३:२९

कोरोना संक्रमणबाट बागलुङमा शनिबार बिहान २६ बर्षिया युवतीको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेकी युवतीको शनिबार बिहान मृत्यु भएको हो स्वासप्रस्वासमा गम्भिर समस्या भएकी उनको कोरोना संक्रमणकै कारण...

कोरोना संक्रमणबाट बागलुङमा शनिबार बिहान २६ बर्षिया युवतीको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेकी युवतीको शनिबार बिहान मृत्यु भएको हो स्वासप्रस्वासमा गम्भिर समस्या भएकी उनको कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोतव्यक्ति देवप्रकाश घिमिरेले बताए ।

जिल्लाको बडिगाड गाउँपालिका– ६ घर भएकी उनलाई एन्टिजिन परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । उनलाई शुक्रबार साँझ अस्पताल ल्याईएको थियो । गम्भिर अवस्थामा अस्पताल आईएकी उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

प्रकाशित मिति २०७८ असार ५ गते शनिवार ०३:२९
प्रतिक्रिया दिनुहोस