कुस्मा नगपालिकाले अझै पर्यटक लोभाउदै नगरपालिका ७ मा ॐ पार्क निर्माण हुदै।।

कुस्मा नगपालिकाले अझै पर्यटक लोभाउदै नगरपालिका ७ मा ॐ पार्क निर्माण हुदै।।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ १ गते मङ्गलबार ११:५६

पर्वत पर्यटकीय पूर्वाधार बनाउने, मुलुककै अग्ला र लामा मुर्ति र मन्दिर बनाउने होडबाजीनै चलेका बेला पर्वत सदरमुकाम कुश्माबजारमा ॐ पार्क निर्माण गर्न थालिएको छ । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, दामोदरकुण्ड, म्याग्दी र पर्वतका...

पर्वत
पर्यटकीय पूर्वाधार बनाउने, मुलुककै अग्ला र लामा मुर्ति र मन्दिर बनाउने होडबाजीनै चलेका बेला पर्वत सदरमुकाम कुश्माबजारमा ॐ पार्क निर्माण गर्न थालिएको छ । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ, दामोदरकुण्ड, म्याग्दी र पर्वतका अन्य धार्मिक एवम् पर्यटकीय स्थलहरुमा आउने आन्तरिक तथा बाह्य पर्यटक र धर्मालम्बिहरुलाई लक्षित गरि मध्यपहाडि लोकमार्ग नजिकै पार्क निर्माण शुरु गरिएको हो ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा पार्क निर्माण शुरु गरिएको कुश्मा नगरपालिका वडा नं. ७ खरेहामा पार्क निर्माण शुरु भएको हो ।

 

उद्योग तथा पर्यटन मन्त्री विकास लम्सालको पहलमा चालु आर्थिक वर्षमा रु ३० लाख रुपैया बिनीयोजन भएपछि १ सय ८ पिपल, बैकुण्ठ जाने बाटो, लगायत समग्र “ॐ पार्क” निर्माण शुरु गरिएको वडा अध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । पौडेलले पार्क निर्माणका लागि बिस्तृत सर्भेक्षणको काम भैसकेको छ भने अब निर्माण कार्य अघि बढाईने बताउनु भएको छ । यसका लागि बन डिभीजन कार्यालय पर्वतले सहजीकरण गर्दै आएको छ ।सन् २०२२ सम्म गण्डकी प्रदेशले २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोहि लक्ष्य अनुरुप अहिले गण्डकी प्रदेशका विभिन्न जिल्लामा पर्यटकीय क्षेत्रहरुको संरक्षण, प्रवद्र्धन र पूर्वाधार निर्माणले तिब्रता पाएको छ ।स्थानीय भड्खोरे सामुदायिक वनको जग्गालाई उपयोग गरी आकर्षक पर्यटकीय र धार्मिक गन्तव्यको रुपमा विकास गर्न लागिएको वडा अध्यक्ष पौडेलको भनाई छ ।

 

पार्क निर्माण भएपछि बृद्धबृद्धा, बालबालिका र मुख्यगरी धार्मिक आस्था भएकाहरु बढि मात्रामा लाभान्वित हुने भएका छन् ।यसैबीच पर्यटन मन्त्री विकास लम्सालले उक्त पार्क निर्माण स्थलको स्थलगत निरिक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले गण्डकी प्रदेश पर्यटनकै माध्यमबाट समृद्धि बन्ने दिशातर्फ उन्मुख बनेको बताउँदै यो प्रदेश सरकारको लक्ष्य पुरा गर्नका लागि पनि पर्यटन पूर्वाधारहरु समयमै निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले उक्त स्थानमा आकर्षक पर्यटकीय पूर्वाधार निर्माण गर्न सुझाव दिँदै यसका लागि आवश्यक बजेट प्रदेश सरकारले ब्यवस्थापन गर्नु सानकारी दिनुभयो ।

प्रकाशित मिति २०७५ माघ १ गते मङ्गलबार ११:५६
प्रतिक्रिया दिनुहोस