पर्वत कुस्मा
जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण) ले प्रहरीले स्थानीय निकायको कुनैपनि कुरा नमान्दा समस्या उत्पन्न भएको बताएका छन् । मल्लले स्थानीय सकारकार सञ्चालनमा सुरक्षा अपरीहार्य भएको भएपनि पर्वत प्रहरी द्धारा आँफुहरुलाई कुनै सहयोग नभएको बताउनु भयो । मल्लले प्रहरीकै अगाडी ठुलाठूला अवैध कारोवार भइरहेको भएपनि नियन्त्रण र नियमनका लागि आँफुले सहयोग माग्दा प्रहरीले असहयोग गर्ने गरेको गुनासो गर्नुभएको हो । मल्लले कानूनको पालना नहुँदा स्थानीय सरकारलाई प्रहरीबाटै असहयोग हुने गरेको बताउनु भयो । एकातिर उनले कानून कार्यान्वयनको अन्यौलता, अर्को्तिर स्थानीय सरकारले नगर प्रहरी भर्ना गर्न नसक्ने अवस्था हुँदा बारम्बार काममा अवरोध सिर्जना भईरहेको मल्लको भनाई रहको छ । अवैध रुपमा भइरहेका थुप्रै कार्यहरुमा प्रहरीले नजरअन्दान गर्ने गरेको गुनासो राख्दा असयोगहुन गरेको गाउँ पालिकाले जनाएको हो । संघ सरकार मार्फत चल्ने प्रहरीले स्थानीय सरकारका आग्रहलाई अटेर गर्दा समस्या उत्पन्न भएको मल्लले गुनासो राखेका हुन ।

कालिगण्डकी नदीमा दर्ता नगरिएका क्रसरहरुले नदिजन्य पदार्थको उत्खनन् बढाएको तर, त्यसमा रोकथाम गर्न खोज्दा प्रहरीले नै अवरोध गरेको आरोप मल्लले लगाउनु भएको हो । गाउँ पालिकाको मुख्य मुकाम वारी वेनी तथा बजार क्षेत्रमा धेरै सरकारी जमीन अतिक्रण भईरहेको भएपनि प्रहरीको असहयोग कारण धेरै राजस्व स्थानीय सरकारले गुमाउनु परेको बताउनु भयो । पर्वत प्रहरीलाई धेरैपटक हार गुहार गर्दा पनि असहयोग भईरहेको गाउँ पालिकाले जनाएको हो । गाउँ पालिकाका विभिन्न वाडा तहमा हुने विभिन्न उत्सव तथा समारोह जस्ता कार्यक्रममा पनि प्रहरीले असहयोग गर्दै आएको मल्लले आरोप लगाउनु भएको हो ।

संविधान र स्थानीय सरकारको मर्म्विपरीत शान्ति सुरक्षा जस्ता संवेदनशिल विषयमा प्रहरीले अवरोध गर्दा केन्द्रिय निकाय सम्म समस्या उजागारसँगै आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको गाउँ पालिका अध्यक्ष मल्लको भनाई रहेको थियो । स्थानीय सरकारलाई कानूनी अडचन भई काम गर्न कठिनाई भैरहेका बेला प्रहरी समेतले असयोग गर्दा विकास लगायतका धेरै कुराहरुमा समस्या सिर्जना भएको स्थानीय सरकारले जनाएका छन् ।
प्रकाशित मिति २०७५ माघ १ गते मङ्गलबार १२:२१