जैमनी पर्यटकीय गन्तव्य स्थान हो उत्पादनमा जोड दिउँ–उपराष्ट्रपति पुन

जैमनी पर्यटकीय गन्तव्य स्थान हो उत्पादनमा जोड दिउँ–उपराष्ट्रपति पुन

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ २ गते बुधबार ०२:३६

उपराष्ट्रपति नन्दकिशोर पुनले जैमिनी उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने बताएका छन् । सहारा क्लव जैमिनीले आयोजना गरेको पहिलो जैमिनी महोत्सव मुलसमारोहको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले जैमिनी लोक संस्कृतिमा असाध्यै धनि रहेकोले...

उपराष्ट्रपति नन्दकिशोर पुनले जैमिनी उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने बताएका छन् । सहारा क्लव जैमिनीले आयोजना गरेको पहिलो जैमिनी महोत्सव मुलसमारोहको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले जैमिनी लोक संस्कृतिमा असाध्यै धनि रहेकोले भन्दै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए ।

प्राकृतिक, सांस्कृतिक विविधतायुक्त रहेको बताउँदै स्रोत र साधनको उच्चतम प्रयोग गर्न समेत उनले सुझाए । पुनले आधुनिक मेसिनहरुले गुणात्मक विकास हुने बताउँदै समृद्ध राष्ट्र निर्माणको लागि अत्याधुनिक उपकरणहरुको प्रयोग गर्नु पर्नेमा जोड दिए ।
जैमिनी नगरपालिकाले अवलम्बन गरेको समृद्ध जैमिनीको नारा पूरा गर्नको लागि सबै जनता लाग्नु पर्ने उनको भनाई थियो । नगरको एक्लो प्रयासले मात्र समृद्ध जैमिनी बन्दैन पुनले भने–‘त्यसमा तपाई जनताको साथि चाहिन्छ ।’

माघेसक्रान्तिको महत्व उल्लेख गर्दै पुनले नेपाल सांस्कृतिक रुपमा असाध्यै धनि रहेको बताए । सालैजो, झाम्रे, सोरठी बागलुङ र त्यसमा पनि जैमिनी क्षेत्रबाट विकास भएको बताउँदै सांस्कृतिक सम्पादामा पनि यस क्षेत्र धनि रहेको औलाए ।

कार्यक्रममा संघीय सांसद डा. सूर्य पाठकले समृद्ध नेपाल निर्माणको लागि सबै लाग्नु पर्नेमा जोड दिए । बागलुङ–कुश्मिसेरा–बरेङ सडक खण्ड निर्माण भएको लामो समय बितिसक्दा पनि पक्कि बाटो निर्माण हुन नसक्नु दुःखद रहेको बताए ।

संघीय सांसद बद्री पाण्डेले नेपाल कला संस्कृतिमा अत्यन्त धनि मुलुक रहेको बताए । उनले पछिल्लो समयमा बढिरहेको हत्या, हिँसा रोकथामको लागि सरकार लाग्नु पर्नेमा जोड दिए ।

प्रदेश सांसद कृष्ण थापाले जैमिनी मेलाको इतिहाँस सम्झिदै संस्कृति संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिए । सहारा क्लवका अध्यक्ष सुरेश सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल र सञ्चालन नविन प्रताप जिसीले गरेका थिए ।

प्रकाशित मिति २०७५ माघ २ गते बुधबार ०२:३६
प्रतिक्रिया दिनुहोस