जनताका बिच भनेका कुरा पुरा गर्नै साम्सद गिरी को भनाई पुरै अधिकार नपाए सम्म बिकास सम्भव नभएको प्रमुख मल्ला को धारणा.

जनताका बिच भनेका कुरा पुरा गर्नै साम्सद गिरी को भनाई पुरै अधिकार नपाए सम्म बिकास सम्भव   नभएको प्रमुख मल्ला को धारणा.

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ १ गते मङ्गलबार ११:५३

पर्वत । हिमशिखर युवा क्लव जलजला ६ शालिजा पर्वतद्वारा आयोजना गरिएको माघे संक्रान्ति मेला २०७५ को प्रतिनिधिसभा सदस्य पदम गिरीले आज एक समारोहका बीच उदघाटन गर्नुभयो । मेला उदघाटन पछि बोल्दै प्रतिनिधिसभा सदस्य गिरीले जलजलालाई प्राथमिकता...

पर्वत । हिमशिखर युवा क्लव जलजला ६ शालिजा पर्वतद्वारा आयोजना गरिएको माघे संक्रान्ति मेला २०७५ को प्रतिनिधिसभा सदस्य पदम गिरीले आज एक समारोहका बीच उदघाटन गर्नुभयो । मेला उदघाटन पछि बोल्दै प्रतिनिधिसभा सदस्य गिरीले जलजलालाई प्राथमिकता दिएर बजेट विनियोजन गर्न पहल गरेको दावी गर्नुभएको थियो ।गिरीले देशकै कान्छो सांसद भएर आफू सिंहदरबार भित्र छिरेको बल्ल एकबर्ष भएकोले चुनाबअघि आफूले जनताका बीचमा गरेका बाचा र प्रतिवद्घताहरू पुरा गर्न नसकेको स्वीकार गर्नुभयो । सांसद गिरीले देशमा तीनतहको सरकारबाट बिकास र समृद्धिका लागि एकैसाथ काम अघि बढाएको वताउँदै जलजलाको कृषि र पर्यटनलाई विकास गर्नसके यो क्षेत्रको समृद्घि पुरा हुने दावी गर्नुभयो उहाँले अब आउने चारबर्ष्भित्र जनताले महशुस गर्नेगरि विकास हुने विस्वास दिलाउनु भएको थियो । सांसद गिरीले जलजलाको विकासका लागि अर्थमन्त्री, पर्यटन मन्त्री र भौतिक योजना मन्त्रीलाई हम्पालमा ल्याएर जलजलाको वृहत पर्यटन गुरूयोजना बनाएर पर्वतकै समृद्घिलाई निष्कर्षमा पुर्याउने प्रतिवद्घता जनाउनु भएको थियो ।सांसद गिरीले रेल आउने कुरा र पानीजहाज चल्ने कुरा कुनै जोक नभएर छिट्टै यथार्थमा परिणत हुने दावी गर्नुभयो । कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले स्थानीय सरकारले स्वतन्त्र ढंगले काम गर्ने वातावरण नबनुञ्जेलसम्म गाउँ गाउँमा सिहदरबारको नारा निरर्थक सावित हुने दावी गर्नुभएको थियो ।अध्यक्ष मल्लले जलजला गाउँपालिका धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्ट्रिकोणले निकै महत्वपूर्ण गाउँपालिका रहेको उल्लेख गर्दै यस क्षेत्रको विकास गर्न सके पर्वत जिल्लाकै समृद्घिमा टेवा पुग्ने दावी गर्नुभएको थियो । मल्लले गाउँपालिका भित्रका प्राकृतिक श्रोतसाधनहरूको अधिकतम उपयोग गरि करको दायरालाई घटाउने आफ्नो योजनामा जिल्ला समन्वय समितिदेखि प्रदेश सरकार र संघीय सरकारको हस्तक्षेपले बाधा पुर्याएको गुनासो गर्नुभएको थियो ।उहाँले देशमा नेकपाको दुईतिहाई सरकार भएको र पर्वत जिल्लाबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू पनि महत्वपूर्ण पदमा रहेकोले योबेला पर्वतको सम्पूर्ण विकास हुनेमा आफू विस्वस्त रहेको वताउनु भएको थियो । उहाँले भाषण र गफ गरेर गाउँको विकास नहुने दावी गर्दै काममा प्रतिस्पर्धा गर्न जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको थियो ।कार्यक्रममा पुन युवा क्लव कुश्माका अध्यक्ष कृष्ण पुन, जलजला ६ का वडाअध्यक्ष होमबहादुर फकामी लगायतले बोल्नुभएको थियो । स्वागत मन्तव्य दीपक खोर्जाले गर्नुभयो । कार्यक्रममा सोरठी नाच सहित विभिन्न मगर संस्कृतिहरू प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति २०७५ माघ १ गते मङ्गलबार ११:५३
प्रतिक्रिया दिनुहोस