पर्वत काँग्रेसको सभापतिमा जलजलाका अध्यक्ष मल्लको उम्मेदवारी घोषणा

पर्वत काँग्रेसको सभापतिमा जलजलाका अध्यक्ष मल्लको उम्मेदवारी घोषणा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ कार्तिक २५ गते बिहिबार १२:५८

कार्तिक २५, २०७८ पर्वत- नेपाली काँग्रेस पर्वतको आगामी सभापति पदमा जलजला गाउँपालिकाका अध्यक्ष तथा वर्तमान जिल्ला कार्यसमितिका कोषाध्यक्ष यामबहादुर मल्लले उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी मंसिर ६ गते हुने जिल्ला अधिवेशन...

कार्तिक २५, २०७८

पर्वत- नेपाली काँग्रेस पर्वतको आगामी सभापति पदमा जलजला गाउँपालिकाका अध्यक्ष तथा वर्तमान जिल्ला कार्यसमितिका कोषाध्यक्ष यामबहादुर मल्लले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
आगामी मंसिर ६ गते हुने जिल्ला अधिवेशन आउन दुई साता बाँकी रहँदा मल्लले बिहीवार दिउँसो सामाजिक संजालमार्फत उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले पार्टी निर्माण र रूपान्तरणको निर्विकल्प माध्यम महाधिवेशन भएकाले यसलाई सफल बनाउन सवै एकजुट हुनुपर्नेमा जोड समेत दिनुभएको छ ।


पार्टीको १३ औं महाधिवेशनमा जिल्ला कोषाध्यक्षका रूपमा पदीय जिम्मेवारी लिएर सफल रुपमा काम गरेको र नेपाली काँग्रेसका हरेक गतिविधिमा सक्रिय पूर्वक लागेर अनुभव बटुलेको भन्दै अब सभापति पदमा समेत सहयोग गर्न आम कार्यकर्ताहरुलाई मल्लले अपिल गर्नुभएको छ ।

महाधिवेशनमार्फत पार्टीलाई अझै सुदृढ र सुसंगठित गर्दै आसन्न आम निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने संकल्प र अठोटसहित आफुले उम्मेदारी दिएको मल्लले बताउनुभयो । पार्टीमा देखिएको ध्रुवीकरण र गुटबन्दीलाई अन्त्य गर्दै सबै नेता कार्यकर्ताहरूमा आपसी एकता, सहकार्य र सहअस्तित्वको निर्माण गर्ने उहाँको लक्ष्य रहेको छ । उहाँले आफुलाई अमुल्य मत दिई सभापतिमा बिजयी गराउन र पार्टीको भविष्य सुदृढ गर्न समेत आग्रह गर्नुभएको छ ।

मल्ल पार्टी सभापति देउवा निकट मानिनुहुन्छ भने आरजु राणा देउवा र गृहमन्त्री बालकृष्ण खाडका समेत विश्वासपात्रका रुपमा चिनिदै आउनुभएको छ ।

प्रकाशित मिति २०७८ कार्तिक २५ गते बिहिबार १२:५८
प्रतिक्रिया दिनुहोस