पर्वतमा जनगणनाका लागि २२१ जना गणक र ६१ सुपरिवेक्षक खटिए

पर्वतमा जनगणनाका लागि २२१ जना गणक र ६१ सुपरिवेक्षक खटिए

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ कार्तिक २६ गते शुक्रबार ०३:३५

पर्वत- राष्ट्रिय जनगणना २०७८’ पर्वत जिल्लामा पनि हिजोदेखि शुरु भएको छ । जिल्लाका सातवटै पालिकाका ६१ वटै वडामा आज विहानदेखि जनगणना प्रारम्भ भएको हो । जिल्ला जनगणना कार्यालय पर्वतले २२१ जना गणक जनगणनाका लागि मुख्य प्रश्नावली सहित...

पर्वत- राष्ट्रिय जनगणना २०७८’ पर्वत जिल्लामा पनि हिजोदेखि शुरु भएको छ । जिल्लाका सातवटै पालिकाका ६१ वटै वडामा आज विहानदेखि जनगणना प्रारम्भ भएको हो ।
जिल्ला जनगणना कार्यालय पर्वतले २२१ जना गणक जनगणनाका लागि मुख्य प्रश्नावली सहित नागरिकको घरघरमा पुगेको जनाएको छ । जिल्ला जनगणना अधिकारी ज्योती केसीले तालिम पाइसकेका गणकहरुले मुख्य प्रश्नावली लिएर कार्यक्षेत्रमा काम शुरु गरिसकेको जानकारी दिनुभयो । पर्वतमा मोदी ३१, जलजलामा ३४, कुश्मामा ७२, फलेवासमा ३५, महाशिलामा १४, विहादीमा १७ र पैंयुमा १८ जना गणकहरु फिल्डमा खटिएका छन् ।

“यसअघि ६१ जना सुपरिवेक्षकले सुचिकरण गरेका घरमा पुगेर गणकहरुले पारिवारिक तथा ब्यक्तिगत बिबरण संकलन गर्दैछन्,” उहाँले भन्नुभयो “प्रहरी, सेना, शसस्त्र प्रहरी र जलबिद्युत आयोजना जस्ता संस्थागत परिवारमा ब्यक्तिगत बिबरण मात्र संकलन हुनेछ् ।” सुपरिवेक्षकहरुले मुख्य गणनाको समयमा दैनिक रुपमा कुन गणकले कति घर परिवारको बिबरण संकलन गरे भन्ने बिबरण अद्यावधिक गर्नेछन् । वडा कार्यालयमा बसेर सुपरिबेक्षकहरुले वडा अध्यक्ष र सचिबलाई उत्तरदाता बनाएर सामुदायिक प्रश्नावली भर्ने भएका छन् । एक सुपरीवेक्षकले चार गणकलाई परिचालन गरी गणना गर्नेछन् । सुपरिवेक्षकहरुले घरधुरी सर्वेक्षणका क्रममा मानिस बसेका र खाली घरको बिबरण संकलन गरिसकेका छन् ।

मुख्य जनगणनाका क्रममा प्राकृतिक प्रकोपको जोखिम, सडक, खानेपानी, बिद्युत लगायत सुबिधाको उपलब्धता, बैंक, बित्तीय संस्था, सहकारी र अस्पतालको सुबिधाको अवस्थाको बारेमा पनि बिबरण लिइने भएको छ । देशैभरी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म संघीयतापछि पहिलो पटक जनगणना हुन लागेको हो । गणकले गणना गरी ल्याएको तथ्याङ्कका आधारमा कार्यालयले मङ्सिर मसान्तसम्ममा काम सम्पन्न गर्नेछ । विसं २०६८ को जनगणनाअनुसार एक लाख ४६ हजार जनसंख्या छ ।

प्रकाशित मिति २०७८ कार्तिक २६ गते शुक्रबार ०३:३५
प्रतिक्रिया दिनुहोस