पर्वतको मालढुंगा बस दुर्घटना डेट, मृतकको संख्या ४, गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्दार गरिदै, घाइतेको संख्या ३४

पर्वतको मालढुंगा बस दुर्घटना डेट, मृतकको संख्या ४, गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्दार गरिदै, घाइतेको संख्या ३४

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ३ गते बिहिबार ०४:४७

पर्वत पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढु¬ंगामा बस दुर्घटना हुदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ यात्रु घाइते भएका छन । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको...

पर्वत पर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढु¬ंगामा बस दुर्घटना हुदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ यात्रु घाइते भएका छन ।
म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको हो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ ।

 


अहिले सम्म घटनास्थलमा ३ जनाको मृत्यु भएको छ भने एक जनाको बागलुङ्ग अस्पतालमा मृत्यु भएको छ । अहिले सम्म ३४ जना गम्भीर घाइते भएका छन । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्ठौ लैजाने तयारी भैरहेको छ । घटनास्थलमा उद्दार सकिएको र घाइतेहरुको बागलुङ्ग अस्पतालमा उपचार भैरहेको छ । गम्भीर घाइते लाई थप उपचारका लागि पोखरा पठाउने तयारी भैरहेको छ ।

प्रकाशित मिति २०७५ माघ ३ गते बिहिबार ०४:४७
प्रतिक्रिया दिनुहोस