पर्वत । कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा गम्भीर घाइते हुनेको उद्दार हेलिकप्टरमार्फत गरिएको छ । बागलुङ धौलागिरी अस्पतालबाट हेलिकप्टर मार्फत घाइतेलाई पोखरा पु¥याइएको हो ।
दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

३४ जना गम्भीर घाइते भएका छन् । बस सडकबाट तल खस्दा ठुला ठुला ढुंगामा ठोक्किदै तल झरेका कारण गम्भीर घाइते हुनेको संखया बढी भएको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । भीरबाट खस्दा नदी किनारका ठुला ढुंगामा ठोक्किएर बढी घाइते भएको देखिएको छ । अहिले सम्म ३४ जना घाइते भएका छन ।

म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको थियो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ ।

गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि पोखरा पठाइएको छ भने थप घाइतेलाई पठाउनका लागि हेलिकप्टर मगाइएको छ । पोखरा तर्फ २० जना यात्रु पठाइएको छ । अन्य घाइतेहरुको बागलुङ्ग अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति २०७५ माघ ३ गते बिहिबार ०५:३८