पर्वत । कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ भने घाइते हुनेको संख्या ३७ पुगेको छ । दुर्घटनामा १७ जना गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते हुनेको उद्दार हेलिकप्टरमार्फत गरिएको छ । बागलुङ धौलागिरी अस्पतालबाट हेलिकप्टर मार्फत घाइतेलाई पोखरा र काठमाडौमा रिफर गरिएको हो ।
म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको थियो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ ।
बस सडकबाट तल खस्दा ठुला ठुला ढुंगामा ठोक्किदै तल झरेका कारण गम्भीर घाइते हुनेको संखया बढी भएको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । भीरबाट खस्दा नदी किनारका ठुला ढुंगामा ठोक्किएर बढी घाइते भएको देखिएको छ । उनले भने ।
गम्भीर घाइते ४ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि पोखरा पठाइएको छ भने थप घाइतेलाई पठाउनका लागि हेलिकप्टर मगाइएको छ । पोखरा तर्फ २० जना यात्रु पठाइएको छ । अन्य घाइतेहरुको बागलुङ्ग अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटनामा मृत्यु हुनेमा ५ जनाको सनाखत भएको छ । पर्वतको जलजला गाउँपालिका वडा न ८ का एकै परिवारका टिके परियार र उनकी श्रीमती सेती परियार, म्याग्दीको पाखापानीका राजेश पुन र बाग्लुङ्ग नगरपालिका ४ कुडुलेकी शान्ति केसी रहेकी छन् ।
प्रकाशित मिति २०७५ माघ ३ गते बिहिबार ०७:०९