अहिलेको सरकारको धेरै आश नभएको जोशि को भनाई

अहिलेको सरकारको धेरै आश नभएको जोशि को भनाई

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ३ गते बिहिबार ०८:४६

माग ३ पर्वत नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले लाभ, लोभ र लालचमा लाग्नेहरु कहिल्यै काँग्रेस हुन नसक्ने बताउनुभयो ।पर्वतको शंकरपोखरीका समाजसेवी एवं प्रजातान्त्रिक आन्दोलनका अगुवा खड्कबहादुर कार्कि स्वर्गारोहण...

माग ३ पर्वत
नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले लाभ, लोभ र लालचमा लाग्नेहरु कहिल्यै काँग्रेस हुन नसक्ने बताउनुभयो ।पर्वतको शंकरपोखरीका समाजसेवी एवं प्रजातान्त्रिक आन्दोलनका अगुवा खड्कबहादुर कार्कि स्वर्गारोहण भएको १३ औँ दिनमा आज श्रद्धाञ्जली सभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वर्गिय कार्र्कि ति सबै कुराबाट टाढा रहेका कारण समाजले उहाँलाई संधै सम्मान गरेको बताउनुभयो । उहाँको योगदानको आफु पनि संधै अनुयायी रहेको जोशीले बताउनुभयो । अर्को प्रसंगमा जोशिले अहिलेको सरकारसँग धेरै आशा गर्नु बेकार हुने बताउनुभयो ।उहाँले कम्युनिष्ट सरकारप्रति एक वर्ष नवित्दै जनता आत्तिएको बताउनुभयो । नेपाली काँग्रेस शंकरपोखरीका संस्थापक सदस्य, साविक वार्ड नम्बर ३ का अध्यक्ष रहेका कार्किको पुष २० गते ८१ वर्षको उमेरमा निधन भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाल, नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरुङ, पूर्व साँसद ऋषिकेश तिवारी, प्रदेश सभा ‘ख’का उम्मेदवार राजेन्द्रसाद तिवारी, नेपाली काँग्रेस पर्वतका सचिव विश्वप्रकाश प्रसाई, अर्का सचिव युक्तप्रसाद श्रेष्ठ, नेपाली काँग्रेस पर्वतका क्षेत्रिय सभापति क्याप्टेन धनवहादुर थापा, नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य गंगाधर तिवारी, कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने, पूर्व महासमिति सदस्य रेखा गुरुङ शिक्षक संघका केन्द्रिय बरिष्ठ उपाध्याक्ष याम.पि भुषाल, नेपाली काँग्रेसका नेता राम शर्मा पौडेल, परिवारको तर्फवाट जेठा छोरा, देववहादुर कार्कि र कान्छा छोरा अर्जुनवहादुर कार्कीले शोक मन्तव्य राख्नुभयो । त्यस्तै नेपाली काँग्रेसका पूर्व क्षेत्रिय सचिव रामवहादुर प्रसाई, नेपाली काँग्रेस पर्वतका सदस्य गोविन्दप्रसाद पराजुली, कुलप्रसाद उपाध्याय, लेखनाथ पौडेल, नेपाली काँग्रेस फलेवास नगरपालिका संयोजक हिरामणि सापकोटा, नेपाल रेडक्रस सोसाईटी पर्वतका सभापति रुद्रवहादुर रिमाल, प्रेश युनियन पर्वतका सदस्य उत्तम अधिकारी, कुश्मा नगरपालिका शिक्षा अधिकृत राजेन्द्रवहादुर क्षेत्री, क्षेत्रिय कोषाध्याक्ष गंगाप्रसाद भुषाल, पूर्व क्षेत्रिय सदस्य शिव सुवेदी, स्थानीय समाजसेवी होमप्रसाद अधिकारी, शहिद हरिदत्त तिवारी स्मृति प्रतिष्ठानका सदस्य गिरीजाप्रसाद तिवारी पनि बोल्नुभएको थियो । यस्तै शोकसभामा नेपाल टे«ड युनियन काँग्रेस पर्वतका सभापति सुरेन्द्र केसी, नेपाल विद्यार्थी संघका नेता शिशिर शर्मा पौडेल, नेपाल भूपू सैनिक संघका अध्यक्ष खड्कवहादुर कार्की, जनसहयोगी मा.विका प्रधानाध्यापक गणेशवहादुर थापा, शंकरपोखरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिप्रसाद तिवारी, रेडक्रस शंकरपोखरी–थापाठानाका सभापति नरवहादुर कार्की, ग्रामोदय मा.विका शिक्षक शिवप्रसाद लामगादे, गणेश टोल विकास समितिका अध्यक्ष हिमप्रसाद अधिकारी, रेडक्रसका सदस्य महेन्द्रवहादुर कार्की, दलित संघका जिल्ला सदस्य पूर्णबहादुर दर्जी,तरुण दल शंकरपोखरीका अध्यक्ष धुर्व तिवारी र स्थानिय दिलवहादुर थापाले शोक मन्तव्य राख्नुभएको थियो । नेपाली काँग्रेस शंकरपोखरीका उपसभापति प्रेमशर्मा रिजालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य सचिव निर्मलाकुमारी शर्मा राख्नुभएको थियो त्यस्तै धन्यवाद मन्तव्य सह–सचिव भागीरथ चुवाईले गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन सचिव शिवप्रसाद तिवारीले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७५ माघ ३ गते बिहिबार ०८:४६
प्रतिक्रिया दिनुहोस