मालढुंगा दुर्घटनाको रहस्य खुल्यो यस कारण भएको रहेछ दुर्घटना (भिडियोसहित)

मालढुंगा दुर्घटनाको रहस्य खुल्यो यस कारण भएको रहेछ दुर्घटना (भिडियोसहित)

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ३ गते बिहिबार ०९:२५

पर्वत । कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ भने घाइते हुनेको संख्या ३७ पुगेको छ । दुर्घटनामा १७ जना गम्भीर घाइते भएका छन् । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको...

पर्वत । कुस्मा नगरपालिका वडा नं १ मालढुंगामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ भने घाइते हुनेको संख्या ३७ पुगेको छ । दुर्घटनामा १७ जना गम्भीर घाइते भएका छन् ।

म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको थियो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ ।

गम्भीर घाइते हुनेको उद्दार हेलिकप्टरमार्फत गरिएको छ । बागलुङ धौलागिरी अस्पतालबाट हेलिकप्टर मार्फत घाइतेलाई पोखरा र काठमाडौमा रिफर गरिएको हो ।

बस सडकबाट तल खस्दा ठुला ठुला ढुंगामा ठोक्किदै तल झरेका कारण गम्भीर घाइते हुनेको संख्या बढी भएको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । भीरबाट खस्दा नदी किनारका ठुला ढुंगामा ठोक्किएर बढी घाइते भएको देखिएको छ । उनले भने ।
बस दुर्घटना हुनुको मुख्य कारण सडक साँघुरो र अप्ठेरो रहेको उनको तर्क छ । ड्राइभरले गियर चेन्ज गर्न खोज्दा गियर नै हातमा आएको भन्ने बुझियो उनले हामीसँग कुरा गर्दै भने ।

बसमा ३७ जना सवार रहेको डिएसपी तिवारीले बताए । उनका अनुसार यो समाचार तयार पार्दासम्म ५ जनाको नाम सनाखत भइसकेको छ भने बाँकीको हुन बाँकी रहेको छ ।

मृतकहरुको विशेगरी टाउँकोमा चोट लागेको र घाइतेहरुको पनि सबैभन्दा बढी टाउँकोमा चोट लागेको उनले बताए ।

घटना स्थलमा मृत्यु भएका

१.जिल्ला म्याग्दी पाखापानी २ वस्ने वर्ष २१ को राजेश पुन
२.नामथर वतन नखुलेको महिला ।
३.नामथर वतन नखुलेको पुरुष ।

धवलागिरी अंचल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएकाहरु
१.जिल्ला पर्वत जलजला गाउपालिका वडा न ८ वस्ने वर्ष ४० की सेती परियार
२.ऐऐ वस्ने वर्ष ५० को टिके परियार(सिन १ उल्लेखित महिलाको श्रीमान रहेको )
३.जिल्ला वाग्लुङ नगरपालिका वडा ४ वस्ने वर्ष ४८ की शान्ति के सी
४.नामथर वतन नखुलेको पुरुष

घाईतेहरु
१) जिल्ला कालिकोट महावल गापा ४ बस्ने बर्ष ५२ को राज बहादुर सिह ।
२) जिल्ला पर्वत जलजला गापा ८ बस्ने बर्ष १३ को बिक्रम रेग्मी ।
३) ऐ.ऐ. बस्ने बर्ष ३१ कि कमला रेग्मी ।
४) ऐ.ऐ. बस्ने बर्ष नखुलेको कुशल रेग्मी ।
५) जिल्ला कास्की पोखरा ३३ बस्ने बर्ष ४० कि लक्ष्मी बोहरा ।
६) ऐ.ऐ. बस्ने बर्ष ११ कि दिपिका बोहरा ।
७) जिल्ला म्याग्दी बेनी नपा ८ बस्ने बर्ष ६३ को लक्ष्मी प्रसाद बिक ।
८) जिल्ला कास्की अन्नपुर्ण गापा ४ बस्ने बर्ष २८ कि चन्द्रा आचार्य । ( पोखरा रिफर )
९) ऐ.ऐ. बस्ने बर्ष ३ को शंकर पौडेल ।( पोखरा रिफर )
१०) जिल्ला चितवन मुहान बस्ने बर्ष ९ कि प्रवेशिका पौडेल।
११) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ३९ की बिसमाया पुन ।
१२) जिल्ला म्याग्दी बेनपा ७ बस्ने बर्ष ६७ को टेकनाथ पौडेल ।(डाईनेस्टीक एयर को हेलिकप्टर द्धारा काठमाडौ ग्राण्डी हस्पिटल
१३) जिल्ला पर्वत कुश्मा नपा ९ बस्ने बर्ष ३५ को रमेश पराजुली ।।( पोखरा रिफर )
१४) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष ५२ को उद्बिर तिलिजा ।
१५) जिल्ला चितवन लङपुर बस्ने बर्ष ४५ को रोहीडी प्रसाद चापागाई ।
१६) जिल्ला म्याग्दी बेनी नपा ७ बस्ने बर्ष ६८ को टेक बहादुर पुन ।
१७) ऐ. ऐ. बस्ने बर्ष ६३ कि मन्दिरा पौडेल । डाईनेस्टीक एयर को हेलिकप्टर द्धारा काठमाडौ ग्राण्डी हस्पिटल
१८) ऐ.ऐ.बस्ने वर्ष ५६ की हेमकला रेग्मी ।(पोखर रिफर )
१९) ऐ.ऐ. बस्ने बर्ष ६३ कि सुन्दरी पौडेल ।
२०) जिल्ला पर्वत जलजला ७ बस्ने बर्ष २२को कमल पौडेल ।
२१) ऐ.ऐ. बस्ने बर्ष नखूलेको बालकृष्ण पौडेल ।
२२) जिल्ला चितवन भमनपा ४ बस्ने बर्ष ५६ कि पुर्णकला बस्नेत ।
२३) जिल्ला पर्वत बस्ने बर्ष ४१ को राजन सापकोटा ।
२४) जिल्ला धादिङ बर्ष ५५ को मान बहुर गुरूङ ।
२५) जिल्ला पर्वत जलजला ८ बस्ने बर्ष २७ को देवीलाल नेपाली ।
२६) ऐ.ऐ. बस्ने बर्ष २७ को दिपक परियार ।
२७) ऐ.ऐ. बस्ने बर्ष ४२ को कृष्ण पौडेल ।
२८) ऐ.ऐ. ५ बस्ने बर्ष ३५ कि तुलसी सुवेदी ।
२९) जिल्ला बागलुङ जैमिनी नपा ४ बस्ने बर्ष १६ को अमिर क्षेत्री ।
३०) जिल्ला चितवन बस्ने बर्ष नखुलेको लक्ष्मी पौडेल ।

यो पनि पढ्नुहोस्

प्रकाशित मिति २०७५ माघ ३ गते बिहिबार ०९:२५
प्रतिक्रिया दिनुहोस