जब नेकपाले पर्वत काँग्रेसको हाँगा पनि भाँच्न थाल्यो त्यसपछि सांसद गिरीमाथि गम्भीर आरोप…

जब नेकपाले पर्वत काँग्रेसको हाँगा पनि भाँच्न थाल्यो त्यसपछि सांसद गिरीमाथि गम्भीर आरोप…

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ४ गते शुक्रबार ०५:४८

पर्वत/केही दिन यता पर्वतमा नेपाली कांग्रेस परित्याग गर्ने लहर नै चल्न थालेको छ । जिल्लाका कुश्मा नगरपालिका वडा न ८ चुवामा नेपाली कांग्रेस भित्र प्रभावशाली मानिने शालिकराम गिरी सहितका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा...

पर्वत/केही दिन यता पर्वतमा नेपाली कांग्रेस परित्याग गर्ने लहर नै चल्न थालेको छ । जिल्लाका कुश्मा नगरपालिका वडा न ८ चुवामा नेपाली कांग्रेस भित्र प्रभावशाली मानिने शालिकराम गिरी सहितका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन । केही दिन पहिले बाच्छा र ठुलीपोखरीमा पनि कांग्रेस परित्याग गरि नेता कार्यकर्ता नेकपामा प्रबेश गरेका थिए ।

नेपाली कांग्रेसका ारण देश पछि परेको भन्दै गिरी नेकपामा प्रवेश गरेको बताए । गिरीलाई एक कार्यक्रमका बिच नेकपाका गण्डकी प्रदेश कमिटि सदस्य तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले टिका तथा माला लगाई नेकपामा स्वागत गरेका छन ।

गिरीलाई स्वागत गर्दै सांसद गिरीले देश परिर्वतन र विकासको यात्रामा सहभागी हुने सवैलाई कम्युनिष्टको झण्डा भित्र गोलबन्द गर्नु आफू आतुर रहेको बताए । उनले छोटो अवधिमा कम्युनिष्ट सरकारले देखिने गरी दिर्घकालीन कामहरु सम्पन्न गर्ने दावी गर्दै अरुलाई दोष लगाउनु भन्दा विकास योजनाहरु सम्पन्न गरेर देखाउने दिन आएको बताए ।


नेपाल कम्युनिष्ट पाटी वडा संयन्त्रले आयोजना गरेको उक्त कार्यक्रममा नेकपाका जिल्ला कार्य दल सदस्य तथा युवा नेता गोविन्द पहाडी, नेकपा जिल्ला सदस्य इश्वर गिरी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । वडा संयन्त्रकी सदस्य मुगा पोखरेलको अध्यक्षतमा सम्पन्न कार्यक्रममो स्वागत खिमलाल पोखरेल र सञ्चालन हरीनारायण गिरीले गरेका थिए ।

पार्टी प्रवेशसंगै लामो समय कांग्रेसको पकड क्षेत्र मानिने चुवामा कम्यूनिष्ट पार्टीको बर्चश्व बढदै गएको स्थानीयबासी बताउँछन

सांसद गिरीमाथि गम्भीर आरोप

सांसद गिरीमाथि नेपाली काँग्रेस समर्थकहरुले आफ्नो भाउजुलाई पार्टीमा सुरक्षा गर्न नसक्नेले अरुको कार्यकर्ता प्रवेश गराउनुको कुनै अर्थ नगरेको टिप्पणी गरेका छन् ।

केही समय पहिले उनकी आफ्नै भाउजू नेपाली काँग्रेसमा प्रवेश गरेकी थिइन ।

प्रकाशित मिति २०७५ माघ ४ गते शुक्रबार ०५:४८
प्रतिक्रिया दिनुहोस