ट्रम्प–किमको दोस्रो भेट चाँडै नै हुने ह्वाइट हाउसको घोषणा

ट्रम्प–किमको दोस्रो भेट चाँडै नै हुने ह्वाइट हाउसको घोषणा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ५ गते शनिवार ०८:३७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनलाई फेब्रुअरी महिनाको अन्तिम हप्तातिर भेट गर्ने ह्वाइट हाउसले जानकारी दिएको छ । यो घोषणा अघि किमका एक विशेष व्यक्तिले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेट...

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनलाई फेब्रुअरी महिनाको अन्तिम हप्तातिर भेट गर्ने ह्वाइट हाउसले जानकारी दिएको छ ।

यो घोषणा अघि किमका एक विशेष व्यक्तिले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेट गरे ।

यसपटक यी दुई नेताको भियतनाममा भेट हुने अनुमान गरिएको छ ।

ह्पाइट हाउसमा ट्रम्पलाई भेट्ने किम जोंग उनका विशेष व्यक्तिको नाम किम योंग छोल हो जो उत्तर कोरयाका एक शीर्ष वार्ताकार हुन् ।

ट्रम्प र किम जोंग उनको पहिलो ऐतिहासिक भेट गत वर्ष जूनमा सिंगापुरको भएको थियो ।

त्यतिबेला उत्तर कोरियाको परमाणु निःशस्त्रीकारणबारे कुरा भएको थियो तर त्यतिबेला अहिलेसम्म यो दिशामा निकै थोरै प्रगती भएको छ ।

बीबीसी संवाददाता बार्बरा प्लेट अशरका अनुसार किम योंग छोलको वासिङ्टन आउनु एक राम्रो संकेत हो जुन न्यूक्लियर डिप्लोमेसीतर्फ ईशारा गर्छ ।

जनरल किम योंग छोल एक पूर्व गुप्चर अधिकारी हुन् जसलाई किम जोंग उनको दाहिने हात भनिन्छ ।

प्रकाशित मिति २०७५ माघ ५ गते शनिवार ०८:३७
प्रतिक्रिया दिनुहोस