फलेवास नगरपालिकाले आफ्नै भवनबाट सेवा थाल्यो

फलेवास नगरपालिकाले आफ्नै भवनबाट सेवा थाल्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ६ गते आईतबार ०६:२६

६ माघ २०७५ पर्वत. भौतिक पुर्वाधारको अभावमा भाडामा बस्दै आएको पर्वतको फलेवास नगरपालिकाले आप्नै भवनबाट सेवा दिन शुरु गरेको छ । । फलेवास नगरपालिका ५ खानीगाउँ स्थित मोती पुस्तकालयको भवनमा ३ वटा कोठा भाडामा लिएर कार्यालय संचालन हुँदै...

६ माघ २०७५ पर्वत. भौतिक पुर्वाधारको अभावमा भाडामा बस्दै आएको पर्वतको फलेवास नगरपालिकाले आप्नै भवनबाट सेवा दिन शुरु गरेको छ । । फलेवास नगरपालिका ५ खानीगाउँ स्थित मोती पुस्तकालयको भवनमा ३ वटा कोठा भाडामा लिएर कार्यालय संचालन हुँदै आएको कार्यालय नयाँ ठाउँमा संचालन पछि सेवाग्राहीलाई समेत सहज हुने भएको छ ।फलेवास सिंचाई आयोजनाको प्रयोग विहिन भवनलाई मर्मत गरि नगरपालिकाले आफ्नो कार्यालय बनाएर शुक्रबारदेखि सेवा शुरु गरेको होसाँघुरो कोठाबाट कार्यालय संचालन गर्दा व्यवस्थापनमा समस्या भएकाले फलेवास सिंचाई आयोजनाको भवनलाई प्रयोग गरिएको नगर प्रमुख पदमपाणी शर्माले बताउनुभयो ।

नगरपालिका भित्रै सार्वजनिक सम्पत्ती प्रयोग विहिन भएकाले आँफूहरुले प्रयोग गरिएको उहाँको भनाई छ । मर्मत हुन नसक्दा जीर्ण बनेको भवनलाई नगरपालिकाले मर्मत गरि प्रयोगमा ल्याएको शर्माले बताउनुभयो ।भाडामा लिएको घरमा विभिन्न शाखा र तिनमा कार्यरत कर्मचारीहरुलाई एउटा टेवल समेत दिन नसक्दा सेवा प्रवाहमा समस्या हुँदै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोतिराम सापकोटाले बताउनुभयो । उक्त भवनमा १२ कोठा सहित १ बैठक हल व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । ‘अझै पनि कोठा अभाव हुन्छ’ उहाँले भन्नुभयो ‘अन्य कोठा व्यवस्थापन गर्न वैकल्पिक व्यवस्था समेत गर्ने गरि तयारी गरेका छौं ।’

 


सोही ठाउँमा खाली जग्गा समेत भएकाले कोठा अपुग भएमा थप अस्थायी संचरना बनाउन सकिने उहाँको भनाई छ । हाल बैकल्पिक व्यवस्थाका लागि अस्थाइ रुपमा उक्त भवन प्रयोग गरिएको र उपयुक्त ठाउँ छनौट गरेर कार्यालय बनाउन समेत कार्यपालिकाले खोजी गरिरहेको फलेवास नगर कार्यपालिकाका प्रवक्त टिकाराम गौडेलले जानकारी दिनुभयो ।

 


नगर कार्यपालिकाको कार्यालयवाट गरिने सेवा प्रवाह पहिलेभन्दा सहज र व्यवस्थित तरिकाले संचालन गरिने नगरपालिकाले जनाएको छ ।
पर्वतका ७ वटा स्थानीय तहहरु मध्ये फलेवास र महाशिला मात्रै सार्वजनिक भवन प्रयोग गरेका छन् । अन्य पालिकाका कार्यालयहरु भाडामा संचालन हुँदै आएका छन् । संघीयताले अधिकार दिएपनि संचरना नहुँदा आँफूहरुले समस्या भोग्दै आउनुपरेको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले बताउनुभयो ।अब सेवागा्रहीलाई सहज हुने र्शमा को भनाई रहेको छ ।

प्रकाशित मिति २०७५ माघ ६ गते आईतबार ०६:२६
प्रतिक्रिया दिनुहोस