
रेडियो दिदीबहिनी ९५.२ मेगाहर्ज पर्वतको आयोजनामा हुन लागेको एघारौं गण्डकी प्रदेश स्तरीय महिलामहोत्सव तथा रेडियोको नवौं बार्षिकोत्सव कार्यक्रम झण्डै एक महिना अगाडि सारिएको छ यस अगाडि फागुन १७ देखि २५ गतेसम्म महोत्सवको आयोजना गर्ने गरी तयारी भैरहेको भएपनि अब भने यही माघ २५देखि फाल्गुण ५ गते सम्म आयोजना गर्न लागिएको रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईँले आज पत्रकारसम्मेलन गरि जानकारी दिनुभएको छ ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता राखिएको र सोही समयमा भलिबलकोमहिला राष्ट्रिय टिम अन्यत्रका प्रतियोगितामा पनि जानुपर्ने सेड्युल रहेका कारण खेलाडीको समय व्यवस्थापनको लागिमहोत्सवलाई अघि सारिएको चापागाईँको भनाई छ । महोत्सवमा महिला भलिबल प्रतियोगिता, दौड लगायत विभिन्नप्रतियोगिता आयोजना गरिँदै छन ।

तेश्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७५ माघको २८, २९ र फागुन १ गते तीन दिन सम्म चल्नेछ। गत वर्ष जस्तै कम्तीमा ६ टोलीबीच हुने प्रतियोगिताको विजेताले २ लाख, दोस्रो टोलीले १ लाख र तेस्रो हुने टोलीले ५०हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफक्लबसहित न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चलको कुनै एक टोली, आयोजक दिदिबहिनी क्लबको सहभागिता रहनेलगभग निश्चित छ ।

यसपटक अन्य २ क्लब पनि थप हुन सक्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिग कम नकआउटकाआधारमा खेल हुनेछ । यस्तै खुल्ला दौड प्रतियोगिताको विजेताले २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने खेलाडीले १० हजाररुपैयाँ प्राप्त गर्नेछन् । दौडमा महिला पुरुषले एकै पटक दौडने छन् । भलिबल प्रतियोगिताको उद्घाटनकै माघ २८ गते दौडआयोजना गर्ने योजना रहेको छ

।महोत्सवमा अपाङ्कता भएका ब्यक्ति जेष्ठ नागरिक एकल महिलालाई परिचयपत्रका आधारमा टिकट निशुल्क गरिने बताउदै मरभुमिमा मात्र पाइने उँटले नेपालि गितमा नृत्य गर्नै पनि बताउनु भएको हो । महोत्सव सुरु हुन १९ दिन मात्र बाकि रहदा तयारी पनि त्रिब्र पारियको कार्यक्रम संयोजक दुर्गा शर्मा ले बताउनु भएको छ।भलिबल प्रतियोगिताका दौरान जनप्रतिनिधि र संचारकर्मी बीच मैत्रीपूर्ण भलिबल खेलको पनि आयोजना गरिने रेडियोलेजनाएको छ ।

२०६६ साल फागुन २४ गते १०९ औं अन्तर्रा्िष्ट्रय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोेरेडियोले स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको छ ।महिलाहरुको प्रतिभाको उजागर र सीपको प्रदर्शन हुँदै आएको महोत्सवमा यसवर्ष महिला भलिबल, दौडसहित प्रथमदिदीबहिनी डान्स आईडल, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, उत्कृष्ट ¥याली तथा झाकी प्रदर्शन प्रतियोगिताहुनेछ ।
प्रकाशित मिति २०७५ माघ ६ गते आईतबार ०७:५४