सिकाई सहजीकरणका लागि जलजलामा विषयगत शिक्षण समूह

सिकाई सहजीकरणका लागि जलजलामा विषयगत शिक्षण समूह

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० साउन १३ गते शनिवार ०२:०३

शिक्षणका क्रममा आउने समस्या समाधान तथा त्यसमाथि आवश्यक छलफलका लागि जिल्लाको जलजला गाउँपालिकाले विषयगत शिक्षण कार्य समूह गठन गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको दुई दिने विषयगत शिक्षण कार्य समूह गठन एवं...

शिक्षणका क्रममा आउने समस्या समाधान तथा त्यसमाथि आवश्यक छलफलका लागि जिल्लाको जलजला गाउँपालिकाले विषयगत शिक्षण कार्य समूह गठन गर्ने भएको छ ।
गाउँपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको दुई दिने विषयगत शिक्षण कार्य समूह गठन एवं प्रश्न निर्माण सम्बन्धि कार्यशालामा सहभागी शिक्षकहरुबाट विषयगत शिक्षण समूह निर्मँण गर्न लागिएको हो। यस अन्तर्गत हिजो र आज प्रश्न पत्र निर्माण गर्दा के कस्ता कुराहरुमा ध्यान दिने तथा गुणस्तरीय प्रश्नपत्र निर्माण गरी विद्यार्थीका सबै पक्षको मूल्याङ्कनको आधार तयार तय गर्ने भन्ने विषयमा छलफल चलीरहेको छ ।
शिक्षण सिकाईका क्रममा आउने बिभिन्न समस्याहरुको समाधानको लागि विषय अनुसारका समूहरुको निर्माण गर्दा समस्या समाधानमा सहज हुने भएकोले विषयगत समूहहरु निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए । सम्बन्धित विषयका शिक्षकहरुको मात्रै समूह बन्दा उनीहरुको मात्रै छलफलले एउटा निष्कर्ष निकाल्ने र शिक्षण सम्बन्धि अनुभव र ज्ञान बाँड्नका लागि पनि समूह उपयोगी हुने भएकाले समूह निर्माणका लागि पनि कायक्रमको आयोजनता गरिएको उनको भनाई छ ।
कार्यक्रममा प्रश्नपत्र निर्माणको कुरालाई पनि जोड दिइएको छ । पाठ्यक्रमले तोके अनुसारको प्रश्नपत्र निर्माण हुन नसक्दा मूल्याङ्कन प्रणालीमा एकरुपता कायम हुन नसकेकोले प्रश्नपत्र निर्माण गर्ने कामलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको हो ।
अध्यक्ष आचार्यका अनुसार तत्काल नै अभिभावक शिक्षाको तयारी पनि भइरहेको छ । अभिभावकहरुले आफ्ना बाबु नानीहरु तथा विद्यालयहरुप्रति पूरा गर्नुपर्ने जिम्मेवारी र भूमिकाका बारेमा अनविज्ञ रहँदा उपयुक्त शैक्षिक वातावरण निर्माणमा समस्याको अनुभव गरेकोले अभिभावक शिक्षा प्रदान गर्ने तयारी गरिएको हो ।
अभिभावक शिक्षाका बारेमा विज्ञ प्रतिनिधिलाई उपस्थित गराएर गाउँपालिकाका सामुदायिक विद्यालयका अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतका पदाधिकारी तथा सदस्हरुलाई पनि सँगै राखेर अभिभावक शिक्षा प्रदान गर्ने गाउँपालिकाको योजना छ । यस बाहेक हरेक हप्ता प्रत्येक वडामा पुगेर त्यहाँका अभिभावकहरुलाई पनि शिक्षाको अवस्था र त्यसमा अभिभावकले पूरा गर्नुपर्ने भूमिकाको बारेमा जानकारी गराइने छ ।
यही कार्यक्रममा गत असार २९ गते लिइएको उपलब्धि मापन परीक्षाको नतिजा प्रकाशन गर्ने र त्यसमा उत्कृष्ट नजिजा ल्याउने विद्यार्थी, सम्बन्धित विद्यालय, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति २०८० साउन १३ गते शनिवार ०२:०३
प्रतिक्रिया दिनुहोस