१०० मिटर दौड पूरा गर्न २१ सेकेण्ड लाग्यो, खेल अधिकारी निलम्बित

१०० मिटर दौड पूरा गर्न २१ सेकेण्ड लाग्यो, खेल अधिकारी निलम्बित

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० साउन २२ गते सोमबार ०२:२२

नक्कली धावकलाई चीनमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइएपछि सोमालियाका एक खेल अधिकारी निलम्बनमा परेका छन् । सोमालियाकी असरा अबु बकर अली नामकी एक युवतीलाई चीनमा भएको वर्लड युनिभर्सिटी गेम्सको १०० मिटर दौडका लागि...

नक्कली धावकलाई चीनमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइएपछि सोमालियाका एक खेल अधिकारी निलम्बनमा परेका छन् ।

सोमालियाकी असरा अबु बकर अली नामकी एक युवतीलाई चीनमा भएको वर्लड युनिभर्सिटी गेम्सको १०० मिटर दौडका लागि पठाइएको थियो । दौडमा विजेताभन्दा दोब्बरभन्दा बढी समयले पछि परेपछि उनीमाथि शंका लागेर अनुसन्धान गर्दा नक्कली धावक भएको खुलेको हो ।

 

विजेताले एक सय मिटर दौड १० सेकेण्डमै पूरा गर्दा नसरालाई यो दुरी पूरा गर्न २१।८१ सेकेण्ड लागेको थियो । त्यसपछि उनीमाथि शंका लागेर सोमालियाकै युवा तथा खेल मन्त्रालयले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा नसरा नक्कली धावक भएको खुल्यो ।

त्यसपछि सोमालियाको एथलेटिक्स फेडेरेसनका अध्यक्ष खदिजो अदन दाहिरले आफ्नो अधिकार दुरुपयोग गरी सोमालियालाई बदनाम गरेको भन्दै उनलाई पदबाट हटाइएको बीबीसीले जनाएको छ

 

प्रकाशित मिति २०८० साउन २२ गते सोमबार ०२:२२
प्रतिक्रिया दिनुहोस