पिता बन्न नसक्ने रोगबाट पिडित कसरी बने तीन सन्तानका पिता?

पिता बन्न नसक्ने रोगबाट पिडित कसरी बने तीन सन्तानका पिता?

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ६ गते आईतबार ०९:२८

रिचार्ड मेसन वेलायतका एक सफल व्यवसायी हुन्। उनका २ जुम्ल्याहा र एक जेठा गरी ३ छोरा छन्। जुम्ल्याहाको उमेर १९ हो भने जेठाको उमेर २३ वर्ष पुगेको छ। वैवाहिक जीवन राम्रोसँग वितिरहेको थियो जबसम्म रिचार्डले आफ्नो जन्मजात रोगको बारेमा...

रिचार्ड मेसन वेलायतका एक सफल व्यवसायी हुन्। उनका २ जुम्ल्याहा र एक जेठा गरी ३ छोरा छन्। जुम्ल्याहाको उमेर १९ हो भने जेठाको उमेर २३ वर्ष पुगेको छ।

वैवाहिक जीवन राम्रोसँग वितिरहेको थियो जबसम्म रिचार्डले आफ्नो जन्मजात रोगको बारेमा थाहा पाएका थिएनन्।

तर सन् २०१६ मा जब उनले आफू जन्मजात पिता नहुने रोगबाट ग्रसित भएको थाहा पाए। उनले छाँगाबाट खसेको महशुस गरे। उनले बीबीसीसँग हालै यस विषय प्रस्ट खुलाए।

सामान्य स्वास्थ्य उपचारका लागि उनी अस्पताल पुगेका थिए। तर डाक्टरले उनलाई यस रोगबारे सूचित गराए। उनले डाक्टरलाई आफू तीन सन्तानको पिता भएका कारण फेरी राम्रोसँग जाँच्न लगाए।

तर डाक्टरले उपचार सही भएको र उनमा त्यस रोग जन्मजात भएको प्रस्टाए। यसपछि रिचार्डको मस्तिष्कमा एक प्रश्न चिन्ह् खडा भयो। आखिर यी सन्तान कस्को हो?

रिचार्डले आफ्नो श्रीमती विरद्ध मुद्धा लगाए। अनुसन्धानबाट ती सन्तान रिचार्डको नभएको पुष्टि भएपछि श्रीमतीले उनलाई साढे ३ लाख पाउन्ड जरिवाना तिर्नुपने अदालतले फैसला सुनायो।

तर सर्त यो थियो की, श्रीमतीले सन्तानको असली पिताको नाम लुकाउन सक्छिन्।

संसारकै दुखी

तर त्यस क्षण जब रिचार्डले थाहा पाए ती सन्तान उनका होइनन्। उनले के महशुस गरे।

बीबीसीसँग उनले भनेका छन्,‘जब मैले आफ्नो परिक्षण रिपोर्ट पढे, यस्तो लाग्यो मेरो खुट्टा जमिनबाट चिप्लियो। जो पुरुष ‘सिस्टिक फिब्रोसिस’ बाट पिडित छन् उनीहरु पिता बन्न सक्दैनन्। जब मलाई यसबारे थाहा भयो। मेलै डाक्टरलाई भनेको थिए– हे भगवान, म तीन बच्चाको पिता हुँ। तपाइको जाँचमा पक्कै खराबी भएको हुनसक्छ। यसको जवाफमा डाक्टरले भनेका थिए–हाम्रो जाँच ठिक छ। तपाई यास रोगबाट ग्रसित हुनुहुन्छ।’

रिचार्डले त्यस बेला आफू संसारकै दुखी भएको महशुस गरेको बताए।

‘मलाई श्रीमतिसँग कुरा गर्नु थियो। डाक्टरले भनेका ती शब्दहरु मेरो कानमा गुन्जीरहेका थिए। यस कुराले मलाई गहिरो धक्का पुगेको थियो। मैले बुझेकै थिइन्। के भएको हो।’ उनले भने,‘मेरो दिमागमा केबल एक प्रश्न थियो। आखिर तीन बच्चा कसको हो? के ती बच्चाहरु मेरै साथीका सन्तान त होइनन्? यस्तै प्रश्नहरुले मेरो मन पिरोलेको थियो।’

प्रकाशित मिति २०७५ माघ ६ गते आईतबार ०९:२८
प्रतिक्रिया दिनुहोस