क्यानडेली प्रधानमन्त्री जस्तै देखिने अफगानी अब्दुलको विश्वभर चर्चा

क्यानडेली प्रधानमन्त्री जस्तै देखिने अफगानी अब्दुलको विश्वभर चर्चा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ६ गते आईतबार ०९:३२

केहीदिन अघिमात्र भारतीय अभिनेता सन्जय दत्तजस्तै देखिने एक नागरिकको चर्चा भएको थियो। यतिबेला विश्वभर क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो जस्तै देखिने एक व्यक्तिको चर्चा विश्वभर चुलिएको छ। अफगानिस्तानका २९ वर्षिया अब्दुल...

केहीदिन अघिमात्र भारतीय अभिनेता सन्जय दत्तजस्तै देखिने एक नागरिकको चर्चा भएको थियो।

यतिबेला विश्वभर क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडो जस्तै देखिने एक व्यक्तिको चर्चा विश्वभर चुलिएको छ।

अफगानिस्तानका २९ वर्षिया अब्दुल सलमान माफतुन ट्रुडो जस्तै देखिने हुनाले उनलाई अफगानी ट्रुडो भनेर चिन्न थालिएको छ।

जस्टीन ट्रुडो जी–२० मूलुकको एक शीर्ष नेता हुन्। अब्दुल भने विवाह समारोहका गायक।

अफगान स्टार नामक कार्यक्रमको अन्तिम ८ मा पुग्न सफल अब्दुल एकाएक क्यानडेली प्रधानमन्त्री जस्तै देखिने भएपछि यतिबेला अन्तर्राष्ट्रिय संचार माध्यमको समाचार बन्न पुगेका छन्।

अब्दुलले एएफपीसँग भने,‘जबसम्म मैले सामाजिक संजालमा जस्टीन ट्रुडोको फोटो हेरेको थिइन तबसम्म उनी को हुन् भन्ने थाहा थिएन। उनी म जस्तै रहेछन्।’

यस घटनाले प्रतियोगिता जित्ने संभावना बलियो बनेको उनको भनाइ रहेको छ। उक्त कार्यक्रम आफगान स्टारका एक जजले अब्दुल ट्रुडो जस्तै भएको औल्याएका थिए। त्यसपछि अब्दुल रातारात चर्चित बने।

प्रकाशित मिति २०७५ माघ ६ गते आईतबार ०९:३२
प्रतिक्रिया दिनुहोस