सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० भदौ १७ गते आईतबार ०६:४०

आइतबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको छ । आजका लागि छापावाल...

आइतबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

आजका लागि छापावाल सुनको मूल्य एक लाख १२ हजार ६ सय र तेजाबी सुनको मूल्य एक लाख १२ हजार ५० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला १ हजार ४६० रुपैयाँ कायम भएको छ

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य १ हजार ४७० रुपैयाँ थियो ।

प्रकाशित मिति २०८० भदौ १७ गते आईतबार ०६:४०
प्रतिक्रिया दिनुहोस