जिल्लाको सदरमुकामु कुश्मा बजारमा जीप दुर्घटना भएको छ । कुश्मा वडा न ७ दुर्लुङ चोकमा बागलुङ देखि नारायणगढ जाँदै गरेको ना १ ज ५३३१ नम्बरको जीप दुर्घटनामा परेको हो ।
मध्यपहाडी लोकमार्ग अन्तर्गतको कुश्मा खण्डमा उक्त जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
जीपमा सवार ११ जना मध्ये अन्यको अवस्था सकुशल रहेको प्रहरीले जनाएको छ । अचानक ब्रेक फेल भएपछि चालकले जीपलाई राजमार्गको दाहिन्ने पट्टी मोडेका थिए ।
चालकको चलाखीका कारण थप क्षति नभएको प्रत्यक्षदर्शीहरुको भनाई छ । घटनामा घाइते भएकाहरुको विवरण प्राप्त भएको छैन ।
प्रकाशित मिति २०८० कार्तिक ९ गते बिहिबार ०८:४८