जलजला ३ र ४ वडाका विद्यालमा छात्रवृत्तिको सुबिधा

जलजला ३ र ४ वडाका विद्यालमा छात्रवृत्तिको सुबिधा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ७ गते सोमबार ०७:५९

हेल्पिङ हेण्ड्स नेपालले जलजला गाउँपालिकाको मल्लाजका तीन वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई अतिरिक्त छात्रवृत्ति सुबिधा उपलब्ध गराएको छ । जलजला– २ को बिन्धबासिनी र ४ को फट्केढुङ्गा आधारभुत विद्यालयका छ÷छ जना र जलजला– ३...

हेल्पिङ हेण्ड्स नेपालले जलजला गाउँपालिकाको मल्लाजका तीन वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई अतिरिक्त छात्रवृत्ति सुबिधा उपलब्ध गराएको छ ।

जलजला– २ को बिन्धबासिनी र ४ को फट्केढुङ्गा आधारभुत विद्यालयका छ÷छ जना र जलजला– ३ को समाजकल्याण आधारभुत विद्यालयका सात जना विद्यार्थीहरुलाई वार्षिक दुई हजार पाँच सय रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराएको हो ।

रोटरी कल्वको समन्वयमा विद्यालयले सिफारिस गरेका गरिब, विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको रोटरी अभियान्ता धु्रब कुँवरले बताउनुभयो ।

लयमा आएकी हेल्पिङ हेण्डस् नेपालकी निर्देशक लिन्ना जे ज्याक्सनले आफूहरुको सानो सहयोगले गाउँका बालबालिकालाई सहयोग पुगेकोमा खुसी व्यक्त गर्नुभयो ।

निर्देशक ज्याक्सनको टोलीले तीन वटै विद्यालयका प्रअ, व्यवस्थापन समिति, अभिभावक, शिक्षक र छात्रवृत्ति सुबिधा पाएका विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका थिए । उनिहरुलाई विद्यालयहरुले स्वागत गर्दै थप सहयोगको प्रस्ताव गरेका छन् ।

फट्केढुङ्गा आधारभुत विद्यालयमा, जलजला गाउँपालिका–४ का वडा अध्यक्ष भिष्म मल्लको अध्यक्षता, प्रअ गोपाल प्रसाद आचार्यको स्वागत र शिक्षक कृष्ण पौडेलको सञ्चालनमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति २०७५ माघ ७ गते सोमबार ०७:५९
प्रतिक्रिया दिनुहोस