समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला समिति पर्वतको बैठक सम्पन्न

समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला समिति पर्वतको बैठक सम्पन्न

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ७ गते सोमबार ०८:०३

समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला समिति पर्वतको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा सम्पन्न भएको वैठकमा समुदाय साझेदारीको विषयमा पर्वत जिल्ला भरीमा हाल सम्म भएका प्रगति विवरणहरुको...

समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला समिति पर्वतको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा सम्पन्न भएको वैठकमा समुदाय साझेदारीको विषयमा पर्वत जिल्ला भरीमा हाल सम्म भएका प्रगति विवरणहरुको बारेमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले प्रष्ट्याउनुभएको थियो ।

समुदाय प्रहरी साझेदारी जिल्ला समितिले हाल सम्मको कार्यक्रमको समिक्षा गरी आगामी दिनहरुमा अझ प्रभावकारी वनाउन जिल्ला स्तरमा पालिका तथा वडा समितिहरुलाई समेत निर्र्देशन दिइएको छ । सो वैठकले आगामी दिनहरुमा विधालय स्तरमा सचेतना कार्यक्रमलाई अझ प्रभावकारी रुपमा लैजान थप प्रशिक्षकहरु खटाउने निर्णय समेत गरेको छ ।

उक्त वैठकमा समुदाय प्रहरी साझेदारी जिल्ला समितिका सम्पुर्ण कार्य समिति एवम् सदरमुकाम स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो ।

प्रकाशित मिति २०७५ माघ ७ गते सोमबार ०८:०३
प्रतिक्रिया दिनुहोस