स्थानीय तहका महिला तथा बालबालिका शाखाका कर्मचारीहरुलाई दुई दिने अभिमुखिकरण कार्यक्रम ।

स्थानीय तहका महिला तथा बालबालिका शाखाका कर्मचारीहरुलाई दुई दिने अभिमुखिकरण कार्यक्रम ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० माघ २८ गते आईतबार ०१:३७

आइतबार र सोम्बार सञ्चालन हुने कार्यक्रममा स्थानीय तहमा लैङ्गिक उत्तरदायि बजेट, अपाङ्गता, परिचयपत्र वितरण सम्वन्धि कानुनी व्यवस्था, बालमैत्री शासन प्रवद्र्धन तथा व्यवस्थापन लगायका विषयमा अभिमुखिकरण गराइने छ ।

सामाजिक विकास कार्यालय पर्वतले स्थानीय तहहरुविच सामाजिक विकास कार्यालयको भूमिका वारे जानकारी गराउने उद्धेश्यले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि र महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारी ,जेष्ठ नागरिक ,अपाङ्ग भएका व्यक्ति ,तथा लैङ्गिक एवं अल्पसंख्य हरुलाई लक्षित गरी कार्यालयले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । आइतबार र सोम्बार सञ्चालन हुने कार्यक्रममा स्थानीय तहमा लैङ्गिक उत्तरदायि बजेट, अपाङ्गता, परिचयपत्र वितरण सम्वन्धि कानुनी व्यवस्था, बालमैत्री शासन प्रवद्र्धन तथा व्यवस्थापन लगायका विषयमा अभिमुखिकरण गराइने छ ।

त्यस्तै स्थानिय तहमा सामाजिक विकास कार्यालयको भूमिका कार्यलयका काम, कर्तव्य र अधिकारीका वारेमा समेत जानकारी गराईने सामाजिक विकास कार्यलयका प्रमुख टंकप्रशाद ढकालले वताउदै ढकालले स्थानीय तहका सामाजिक विकास समितिका पदाधिकारी तथा महिला कर्मचारीले आफ्नो पालिका भित्र महिलाको क्षेत्रमा कस्ता खाले सामाजिक क्रियाकलाप हुदै आएको छ सधै चासो लिनुपर्नेमा जोड दिनुभयो । पालिका भित्र महिला, बालबालिका, अपांगता भएका व्यक्तिको अवस्था, उनिहरुको अधिकारका सवालमा थप सचेत भएर काम गर्नुपर्ने वताउनुभयो ।

दुईदिने अभिमुखि करण कार्यक्रममा आइतबार प्रदेश सरकारको सामाजिक क्षेत्रको जिम्मेवारी तथा सामाजिक क्षेत्रको कार्य जिम्मेवार तथा समाजिक क्षेत्रमा आर्थिक बर्षका निति तथा कार्यक्रमको कार्यान्वयनमा स्थानिय तहको भुमिकाको बारेमा प्रशिक्षक बद्रिप्रशाद वाग्लेले प्रशिक्षण दिनु भएको थियो दुई दिने अभिमुखिकरण कार्यक्रमा प्रशिक्षकद्धोय सामाजिक बिकाश कार्यालयका प्रमुख टंक प्रशाद ढकाल तथा ब्रदि प्रशाद वाग्लेको रहने छ ।

कार्यक्रममा पर्वत जिल्ला दुइ नगरपालिका तथा पाँच गाउँपालिका स्थानिय तहका कर्मचारी , जेष्ठ नागरिक , अपाङ्ग भएका व्यक्ति, सामाजिक ब्यक्ती ,पत्रकार लगायतको उपस्थीति रहेको छ। कार्यक्रममा  सामाजिक बिकास कार्यालयका छटै अधिकृत बालकृष्ण घिमिरे काे स्वागततथा सामाजिक बिकास कार्यालयका सामाजिक परिचालिका सदिक्षा प्रोखेलको संचालनमा कार्यक्रम रहेको थियो । कार्यक्रम सोम्बार सकिने सामाजिक बिकास कार्यालय पर्वत ले जनाएको छ।

प्रकाशित मिति २०८० माघ २८ गते आईतबार ०१:३७
प्रतिक्रिया दिनुहोस