मोरङमा ट्रक पल्टिँदा ३ बालबालिका च्यापिए, उद्धार प्रयास जारी

मोरङमा ट्रक पल्टिँदा ३ बालबालिका च्यापिए, उद्धार प्रयास जारी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८० फाल्गुण ११ गते शुक्रबार ०६:३८

मोरङको बुढीगंगा गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका छन् । आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक पल्टिदा ट्रकमा लोड गरिएको मार्बलले तीन जनालाई किचेको थियो । उनीहरुको उद्धार प्रयास जारी...

मोरङको बुढीगंगा गाउँपालिका–४ मा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिका च्यापिएका छन् ।

आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक पल्टिदा ट्रकमा लोड गरिएको मार्बलले तीन जनालाई किचेको थियो । उनीहरुको उद्धार प्रयास जारी छ ।

ढुंगाले किचिएका बालबालिकाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । प्रहरीले उद्धारको प्रयास गरिरहेको उनले बताए ।

प्रहरीका अनुसार मार्बलको कच्चा पदार्थ बोकेको ट्रक बुढीगंगाको जेएनजे मार्बल उद्योगका लागि आएको थियो

प्रकाशित मिति २०८० फाल्गुण ११ गते शुक्रबार ०६:३८
प्रतिक्रिया दिनुहोस