पर्वतमा महिला हरुको नेतृत्वमा फेरी दक्षिणा सहकारी सुरु ।।

पर्वतमा महिला हरुको नेतृत्वमा फेरी दक्षिणा सहकारी सुरु ।।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ ७ गते सोमबार ०३:३८

पर्वत महिलाको नेतृत्वमा पर्वतको कुस्मा कै सबैभन्दा ठुलो सहकारी सञ्चालन भएको छ । सोम्मबार बाट सुरु गरेको दक्षिणा सहकारीले पर्वतको सदरमुकाम कुस्माबजारकै सबैभन्दा ठुलो शेयर पुंजी भएको बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याएको...


पर्वत
महिलाको नेतृत्वमा पर्वतको कुस्मा कै सबैभन्दा ठुलो सहकारी सञ्चालन भएको छ । सोम्मबार बाट सुरु गरेको दक्षिणा सहकारीले पर्वतको सदरमुकाम कुस्माबजारकै सबैभन्दा ठुलो शेयर पुंजी भएको बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याएको हो ।कुस्मा बजारका महिलाहरुले नेतृत्व रहेको दक्षिणा बचत तथा ऋण सहकारी संस्थाले सोमबार देखि कारोबार शुरु गरेको छ । संस्थाको शेयर पुंजी ६ करोड ७ लाख ५० हजार रहेको संस्थाका सचिब माया अधिकारले बताउनु भयो ।

सहकारीको उद्घाटन गर्दै अध्यक्ष निला श्रेष्ठले सहकारीले महिलालाई परिवार र समाजमा सहज बातावरण सृजना गर्न सहयोग गरेको बताउदै । सहकारीका कारण महिलाको आआर्जनसमेत बढ्ने उनले बताउनु भयो ।महिला सहकारीमार्फत आर्थिक क्रियाकलापमा सशक्त हुन थालेपछि घरपरिवार तथा समाजमा हुने बिभेद र भिन्नताहरु अन्त्य हुने अध्यक्षय निला श्रेष्ठ को भनाई रहेको छ । खासगरी २०४८ पछि सहकारीको विकास हुन थालेको हो ।

सहकारीको शुरुवातसँगै सहकारीमा महिला सहभागिता बढ्दै गएको सचिब माया अधिकारीले बताउनु भयो ।सहकारीमा कुस्माबजारका ब्यबसायी, बिभिन्न सामाजिक संस्थामा संलग्न महिलाहरु संस्थापक र कार्यसमितिमा समेत सबै महिला नै रहेका छन भने २ सय ४३ जना शेयर सदस्य रहेका छन । ।

प्रकाशित मिति २०७५ माघ ७ गते सोमबार ०३:३८
प्रतिक्रिया दिनुहोस