डा.चिनबहादुर पुन मगरद्वारा लेखफाँट कुवापानीको विद्यालयलाई कम्प्युटर सहयोग

डा.चिनबहादुर पुन मगरद्वारा लेखफाँट कुवापानीको विद्यालयलाई कम्प्युटर सहयोग

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ जेठ १० गते बिहिबार १०:०१

पर्वतको जलजला ५ लेखफाँट स्थित एक विद्यालयलाई कम्प्युटर लगायतका सामाग्री सहयोग प्राप्त भएको छ । केन्द्रिय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँ  अध्यक्ष  डा.चिनबहादुर पुन मगरले आफ्नो जन्मगाउँको विद्यालयलाई कम्प्युटर...

पर्वतको जलजला ५ लेखफाँट स्थित एक विद्यालयलाई कम्प्युटर लगायतका सामाग्री सहयोग प्राप्त भएको छ । केन्द्रिय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँ  अध्यक्ष  डा.चिनबहादुर पुन मगरले आफ्नो जन्मगाउँको विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको हो  । डाक्टर पुन मगरले जलजला –५, कुवापानी स्थित आफूले पढेको गिद्धेश्वर आधारभुत विद्यालयलाई एक लाख ५५ हजार रुपैयाँ मुल्य बराबरको दुई थान कम्प्युटर सहयोग गर्नुभएको हो । उक्त कम्प्युटर सँगै शैक्षिक सामग्री आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच डा.पुन मगरले वडा अध्यक्ष तिलकबहादुर जिसी र समाजसेवी युवराज अर्मजाको उपस्थितीमा विद्यालय प्रअ राजकुमारी पुन ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टकबहादुर पुन लगायतलाई हस्तान्तरण गर्नुभयो ।बीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका पुर्व कार्यकारी निर्देशक समेत रहनुभएका डा.पुनले कक्षा पाँच सम्म सोही विद्यालयमा अध्ययन गर्नुभएको थियो । विद्यार्थीलाई सुचना प्रविधिसँग जोड्न सहज होस् भन्ने उद्धेश्यले विद्यालयलाई कम्प्युटर सहयोग गरेको डा.पुनको भनाइ थियो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

बीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका पुर्व कार्यकारी निर्देशक समेत रहनुभएका डा.पुनले कक्षा पाँच सम्म सोही विद्यालयमा अध्ययन गर्नुभएको थियो । विद्यार्थीलाई सुचना प्रविधिसँग जोड्न सहज होस् भन्ने उद्धेश्यले विद्यालयलाई कम्प्युटर सहयोग गरेको डा.पुनको भनाइ थियो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

डा.पुनका दिवंगत बुबा धर्मराज पुनको पहलमा वि.सं.२०१८ सालमा गिद्धेश्वर विद्यालय स्थापना भएको थियो । संस्थापक धर्मराजले केही समय सोही विद्यालयमा पढाउनुभएको थियो । ‘बुबाले दुर्गम गाउँमा विद्यालय स्थापना गरेर औपचारिक शिक्षाको प्रारम्भ गर्नमा ठुलो योगदान पु¥याउनुभयो । साथै उहाँले यहि विद्यालयको काम गर्ने क्रममा एउटा आँखा पनि गुमाउनुभयो,’भावुक हुँदै डा.पुनले दिवंगत बुबालाई सम्झनुभयो । चितवन स्थित भरतपुरमा बस्दै आउनुभएका डा.पुनले वडा अध्यक्ष जिसी,समाजसेवी एवं गाउँपालिका अध्यक्ष राजु आचार्यका स्वकीय सचिव अर्मजाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र भौतिक पुर्वाधार विकासका लागि आफुहरुले पहल सँगै सहयोग गर्ने बताउनुभयो ।

कुवापानी ,लोप्रे गाउँ लगायत स्थानीयबासीले डा.पुनलाई सम्मान गरेका थिए । विद्यालय प्रअ पुनले कम्प्युटर सहयोगप्रति डा.पुनलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पठनपाठनमा उत्कृष्ट भएपनि बसाइँसराइको कारण विद्यार्थी संख्या घट्दै गएको बताउनुभयो ।दिवंगत बुबा धर्मराज र आमा घनिसराको सम्झनामा एक लाख बीस हजार रुपैयाँको अक्षयकोष समेत स्थापना गर्नुभएको छ ।

विद्यालयमा पुख्र्यौली संस्कार सस्कृती संरक्षण गर्ने उद्धेश्यले सोरठी नाच समेत सिकाइदै आइएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुन, समाज सुधार आमा समुह अध्यक्ष कममाया पाइजा , टोल सुधार समितिका पुर्व अध्यक्ष दुतबहादुर शेरपुजा ,सरसफाई समिति अध्यक्ष सुवेदार कृष्णबहादुर पुन ,टोल सुधार समिति अध्यक्ष तिर्खबहादुर पाइजा लगायतले बोल्नुभएको थियो । पाँच कक्षा सम्म पढाई हुने विद्यालयमा १६ जना विद्यार्थी अध्ययनरत छन् ।

 

विद्यालयमा दुई जना दरबन्दीका र दुईजना निजी स्रोतका शिक्षक अध्यापनरत हुनुहुन्छ । विद्यालय प्रअ पुनले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षिका तिलकुमारी रोकाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा गिद्धेश्वर आधारभुत विद्यालयका विद्यार्थीले सोरठी नाच प्रस्तुत गरेका थिए । भने सोही विद्यालयका शिक्षक,मालिका आधारभुत विद्यालयका विद्यार्थी , लोप्रेको धौलागिरी आमा समुहले नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति २०८१ जेठ १० गते बिहिबार १०:०१
प्रतिक्रिया दिनुहोस