पर्वतमा जेठ १७ गते नेपाली कांग्रेसको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम हुँदै

पर्वतमा जेठ १७ गते नेपाली कांग्रेसको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम हुँदै

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ जेठ १७ गते बिहिबार ०२:१४

नेपाली कांग्रेस गण्डकी प्रदेशले जेठ १७ गते पर्वतको कुश्मामा कार्यसमिति बैठक एवं  प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश प्रशिक्षण बिभागले पर्वतको सदरमुकाम कुश्मा बजारमा कार्यसमिति बैठक एवं ...

नेपाली कांग्रेस गण्डकी प्रदेशले जेठ १७ गते पर्वतको कुश्मामा कार्यसमिति बैठक एवं  प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश प्रशिक्षण बिभागले पर्वतको सदरमुकाम कुश्मा बजारमा कार्यसमिति बैठक एवं  प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशीले जानकारी दिए ।
प्रशिक्षणमा सहभागिताको लागि बिहान ८ बजे उद्योग वाणिज्य संघको सभाहलमा उपस्थित हुनुपर्ने छ । सहभागीलाई खाना र खाजाको ब्यवस्था गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति, बिभाग सदस्य, नेपाली कांग्रेस पर्वतका पदाधिकारी, प्रदेश सभा क र ख का क्षेत्रीय कार्यसमिति सभापति एवं पदाधिकारी, नेपाली कांग्रेस पर्वतका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख गरि करिब दुई सय जना सहभागी हुने अनुमान गरिएको छ ।
सहभागीलाई पार्टीको साँगठनिक एवं समसामयिक राजनीतिक बिसयमा प्रशिक्षण दिन लागेको जोशीले बताए । उनले भने,’नेका प्रदेश समितिले प्रदेशका ११ जिल्ला मध्ये पर्वत जिल्लाबाट प्रशिक्षण कार्यक्रम शुरु गर्न लागेको कारण यो कार्यक्रम भब्य र ऐतिहासिक हुने छ।’कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको जोशीले बताए । बैंठक एवं प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति २०८१ जेठ १७ गते बिहिबार ०२:१४
प्रतिक्रिया दिनुहोस