जलजला गाउँपालिकाले अवैध तथा घरेलु मदिरा बरामद गरी नष्टगर्यो

जलजला गाउँपालिकाले अवैध तथा घरेलु मदिरा बरामद गरी नष्टगर्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ जेठ २३ गते बुधबार ०२:४६

र्वतको जलजला गाउँपालिकाले बगरफाँट, वारीवेनी क्षेत्रमा  गरेको बजार अनुगमनत्रममा भेटिएका अवैध मदिरा, म्याद गुज्रेका खाद्य पदार्थलाई सोमबार पालिका मुकाम क्षेत्र रहेको लामाखेतमा खाडलखनी नष्ट गरेको छ ।गाउँपालिका उपाध्यक्ष दीपक...

र्वतको जलजला गाउँपालिकाले बगरफाँट, वारीवेनी क्षेत्रमा  गरेको बजार अनुगमनत्रममा भेटिएका अवैध मदिरा, म्याद गुज्रेका खाद्य पदार्थलाई सोमबार पालिका मुकाम क्षेत्र रहेको लामाखेतमा खाडलखनी नष्ट गरेको छ ।गाउँपालिका उपाध्यक्ष दीपक आचार्यको नेतृत्वमा, पालिकाका राजश्व शाखा प्रमुख कृष्ण प्रसाद रिजाल, वारीबेनी प्रहरी चौकीका असाई घनश्याम ढकाल समेतको टोलीले बरामद भएका अवैध मदिरा, म्याद गुज्रेका खाद्य पदार्थलाई खाडल खनी नष्ट गरेको हो । ‘गाउपालिकाले बजार अनुगमन सुरु गरेको छ, क्रमश सवै वडा र वस्तीका पसलहरु अनुगमन हुन्छ ।म्याद गुज्रेका र सडेगलेका खाद्यान्न बेच्ने, कानुनी स्वीकृती नलिई मदिरा तथा सुर्ती जन्य पदार्थ बेच्ने, विद्यालय क्षेत्रमा मदिरा तथा सुर्तिजन्य पदार्थ बेचेको भेटिएमा जफत गरी नष्ट गरिने छ’ गापा उपाध्यक्ष दीपक आचार्यले भने, ‘अनुगमन बगरफाँटमा सीमित हुने छैन, कोही छुट्ने छैन, बरु अरुलाई सच्चिने अवसर बनेको छ ।’राजश्व शाखा प्रमुख कृष्ण रिजालका अनुसार प्लास्टिक बोटलका मदिरा ५ कार्टुन, खुल्ला प्लास्टिक वोटल मदिरा ७३ पीस, घरेलु मदिरा ६० लिटर, अन्य मदिरा ४१ पीस समेत मसरुम सुप, अन्य मसलाजन्य पदार्थ बरामद गरी नष्ट गरिएको हो ।

प्रकाशित मिति २०८१ जेठ २३ गते बुधबार ०२:४६
प्रतिक्रिया दिनुहोस