स्वास्थ्य सेवा प्रभावकारी नहुँदा बसाईसराई बढ्यो : सांसद बस्याल

स्वास्थ्य सेवा प्रभावकारी नहुँदा बसाईसराई बढ्यो : सांसद बस्याल

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ असार ७ गते बिहिबार ०५:१९

जिल्लाका अधिकांश ग्रामीण क्षेत्र खाली हुँदै गएको प्रति प्रदेश सभा सदस्य मित्रलाल बस्यालले चिन्ता ब्यक्त गरेका छन् । बुधवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा कार्यक्रममा बस्यालले स्वास्थ्य...

जिल्लाका अधिकांश ग्रामीण क्षेत्र खाली हुँदै गएको प्रति प्रदेश सभा सदस्य मित्रलाल बस्यालले चिन्ता ब्यक्त गरेका छन् । बुधवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा कार्यक्रममा बस्यालले स्वास्थ्य सेवा प्रभावकारी नहुँदा बसाईसराईको दर बढेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।

बस्यालले जिल्लाको एक मात्र अस्पतालको स्तर बृद्धि अझै हुन नसकेको बताए । उनले हालसम्म पनि ५० शैयाको अस्पताल जिल्लास्तरीय अस्पताल हुन नसक्दा यहाँबाट प्रवाह भएका सेवाहरुले गुणस्तरीय सेवा दिन नसकेको बताए । उनले प्रदेश सरकारले पर्वतसंगै अन्य ३ वटा अस्पताललाई ५० शैयामा स्तरबृद्धि गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको भन्दै त्यसको लागि आफूले थप पहल गर्ने समेत बताए ।

जिल्लाको अस्पताललाई ५० शैयाको अस्पताल बनाउने र पालिकास्तरीय अस्पतालमा सेवा थप गर्ने काम अवको अभिभारा भएको बस्यालको भनाई थियो । उनले अर्को एक प्रशंगमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको लागि तलब भत्ता बृद्धिको समेत माग गरेका थिए ।

बस्यालले सोहि कार्यक्रममा पर्वतलाई पूर्ण खोप सुनिश्चितता सहित दिगोपना भएको जिल्ला घोषणा गरेका थिए ।

प्रकाशित मिति २०८१ असार ७ गते बिहिबार ०५:१९
प्रतिक्रिया दिनुहोस