पर्वत उद्योग बाणिज्य संघको तीन वर्षे कार्ययोजना सार्वजनिक संघले गर्न सक्ने १८ वटा र साझोदारीमा गर्न सक्ने दशवटा योजना सार्वजनिक गरेको छ ।

पर्वत उद्योग बाणिज्य संघको तीन वर्षे कार्ययोजना सार्वजनिक संघले गर्न सक्ने १८ वटा र साझोदारीमा गर्न सक्ने दशवटा योजना सार्वजनिक गरेको छ ।

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०८१ असार ९ गते शनिवार ०३:३९

पर्वत उद्योग वाणिज्य संघ पर्वतमा नयाँ कार्यसमिति निर्वाचित भएसँगै तीन वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । शुक्रवार आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष ठाकुर वि पौडेलले तीन वर्षमा संघले गर्नसक्ने १८ वटा र साझोदारीमा...

पर्वत उद्योग वाणिज्य संघ पर्वतमा नयाँ कार्यसमिति निर्वाचित भएसँगै तीन वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । शुक्रवार आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष ठाकुर वि पौडेलले तीन वर्षमा संघले गर्नसक्ने १८ वटा र साझोदारीमा गर्न सक्ने दशवटा योजना सार्वजनिक गर्नुभएको हो । गत चैत पहिलो साता भएको संघको निर्वाचनवाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । यो समितिको कार्यकाल तीन वर्षको रहेको छ । संघले पर्वत उद्योग वाणिज्य संघको स्वणर्जयन्ति २०८२ सातै पालिकाहरुमा रचनात्मक एवं विविध कार्यक्रमहरु सहित भव्यरुपमा मनाउने भएको छ ।

स्वणर्जयन्तिको अवसरमा जिल्लाको पर्यटन प्रवद्र्धन गर्न “जाउँ है पर्वत“ भन्ने अभियान संचालन गर्ने साथै कुश्माबजारको प्रवेशद्धारमा जिल्लाको पहिचान झल्किने स्वणर्स्तभ निर्माण गर्ने योजना बनाएको छ ।
यसैगरी संघको स्थापनाकाल देखी हाल सम्मको बायोग्राफी साथै स्मारीका प्रकाशन गर्ने, व्यसायीहरुलाई कर शिक्षा लगायत दर्ता, नविकरण तथा कर संकलन शिबिर संचालन गर्ने साथै दर्ता नभई संचालनमा रहेका व्यवसायीहरुलाई व्यवसाय दर्ता गर्न अभिप्रेरीत गर्ने, व्यबसायीहरुको सुरक्षाका लागी सामुहिक दुर्घटना विमा कार्यक्रम संचालन गर्ने, अनाधिकृत रुपमा डुलेर व्यापार गर्ने खुद्रा घुम्ती पोके व्यवसायलाई निरुत्साहीत गर्ने, जिल्ला स्थित सरकारी तथा गैह्रसरकारी संघ, संस्था कार्यालयहरुलाई आवश्यक पर्ने सामानहरु स्थानिय बजारबाट नै खरिद गराउन पैरवी गर्ने योजना बनाएको छ । पर्वत उद्योग वाणिज्य संघको मुल आयोजनामा स्थानीय उत्पादन र कला संस्कृती र पर्यटन प्रवद्र्धन गर्न राष्ट्रियस्तरको आठौ पर्वत महोत्सव आयोजना गर्ने, व्यवसायीक प्रवद्र्धनका लागि स्थापना गरिएको अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने र प्राप्त व्याजबाट संस्थागत विकाश एवम् रचनात्मक गतिबिधिहरु र उद्यमीहरुलाई प्रोत्साहन गर्ने, उत्कृष्ट उद्यमी सम्मान तथा पुरस्कृत गर्ने योजना संघको छ
जिल्लाको सम्भावना खोजिका लागि विभिन्न जिल्लाका उद्योग वाणिज्य सघहरु साथै राष्ट्रिय तथा द्विराष्ट्रिय संघ संस्थाहरुको अध्ययन अवलोकन भ्रमण गर्ने, संघको सचिवालयको आधुनिकीकरण गरि थप व्यवस्थीत एवं चुस्तदुरुस्त राख्ने साथै सभाहल, मिटिङ्गहललाई थप सुविधा सम्पन्न गराउने तथा सदस्यता विस्तार र नबिकरणमा सरलीकृत गर्ने, मानव स्वास्थ्यका दृष्टीले संवेदनशिल खाद्यबस्तुहरुको उपभोग्य मिति लगायत समग्र गुणस्तर प्रति उपभोक्ता तथा व्यवसायीलाई सचेतना जगाउने कार्यक्रम साथै आबश्यक उपभोग्य वस्तुहरुको आपूर्ति र बितरण व्यवस्थालाई सहजिकरण गर्ने, पर्वत उद्योग वाणिज्य संघद्धारा निर्माण प्रारम्भ गरिएको बडांगांऊ स्थित खेलकुद मैदान तथा महोत्सव स्थललाई व्यवस्थीत बनाउने पहल गर्ने योजना संघको छ ।

जिल्लामा रहेका सरकारी तथा गैह्रसरकारी निकायहरुसंग समन्वय तथा सहकार्य गर्ने, । वर्तमान सहकारी समस्या, वैक व्याज, घरभाडा लगायतका व्यवसायीहरुका समस्याहरुमा सरोकारवाला निकाय तथा बस्तुगत संघहरु विच छलफल, अन्तरकृया गरि समस्या निराकरणका लागि पहल गर्ने, पर्वत उद्योग वाणिज्य संघद्धारा निर्माण गरि संचालन गरिएको कृषि उपज तथा बिक्रि केन्द्रलाई व्यवस्थित गर्दै सातै पालिकाहरुसँग समन्वय गरि जिल्लाकै कृषि उपज संकलन केन्द्रको रुपमा बिकास गर्ने, पर्वत उद्योग बाणिज्य संघद्धारा प्रवद्धित कुश्मा बलेवा यान्त्रिक पुलको आधुनिकीकरण र बिकासका लागि सहकार्य गर्ने योजना रहेका छन् ।एकल योजना बाहेक संघले विभिन्न क्षेत्र र निकायसँगको सहकार्यमा संचालन गर्ने कार्यक्रम पनि प्रस्ताव गरेको छ । जिल्लाको स्थानीय लघु उद्यमीहरुबाट उत्पादित सामानको प्रर्वद्धन र बजारीकरणका लागि पर्यटन तथा उधोग कार्यालय पर्वत तथा गण्डकी प्रदेश सरकार संग समन्वय गरी कोशेलीघर स्थापना गर्ने, विश्वकै अग्लो शिव पार्वतीको मुर्ती निमाणर्कार्य र जिल्लाका सबै धार्मिक स्थलहरुको प्रचार प्रसार र आवश्यक भौतिक पुर्वाधारहरु निर्माण गर्न सम्वन्धीत निकायमा पहलगर्ने, पर्वत उद्योग बाणिज्य संघले शुरुवात गरेको कुश्मा कल्लेरी सडकको कालोपत्रे र कालीगण्डकी नदिमा मोटरेवल पक्कीपुल निर्माणका लागि संघीय सरकारसंग पहल गर्ने, व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न सिपमुलक, लेखाव्यवस्थापन लगायत अन्य तालिमहरु साथै वैदेशिक रोजगारीवाट फर्किएका केही गरौ भन्ने युवाहरुलाई उद्यमशिलता बिकास तालिम संचालन गरि आवश्यक परामर्श तथा सहकार्य गरि रोजगारीको अवसर सृजना गर्ने योजना अघि सारेको छ ।

यसैगरी लघु घरेलु तथा साना उद्यमीको क्षमता अभिवृद्धिका लागि नयाँ तथा आधुनिक प्रविधि अनुदानहरु उपलव्ध गराउन सम्बन्धीत निकायमा पहल गर्ने, पर्वत जिल्लास्थित रहेका स्थानीय तह सातै पालिकाहरुसँग समन्वय गरि सार्वजनिक निजी साझेदारी कार्यक्रम संचालनका लागि समन्वय गर्ने, उद्योगी व्यवसायीहरुसंग सम्बन्धीत निति, नियम, कानुनहरु निर्माण तथा सस्शोधनका लागी व्यवसायीहरुका राय सुझाव सहित महासघ लगाएत तिनै तहका सरकारहरुमा राख्ने ड। कुश्माबजारमा संचालीत अटो ट्याम्पो, व्यवसाय कर फोहोर व्यवस्थापन तथा कर व्यवस्थीत गर्ने व्यवसायी र कुश्मा नगरपालीका संग आवश्यक समन्वय र अन्तरकृया गर्ने, पर्वतमा रहेका जडिबुटी, खनिज जन्य संभावनाको खोजीगरि करिडोर क्षेत्रमा विभिन्न उद्योग स्थापनागर्न र बाइयलगानी भित्राउन पहल गर्ने, र पर्वत उद्योग वाणिज्य संघद्धारा प्रस्तावीत नयाँपुल हेम्जारपामे(दोवील्ला सुरुङ्गमार्ग निर्माणका लागि सम्बन्धीत निकायमा पहल गर्नुका साथै पर्यटन सूचना केन्द्र स्थापनाका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराउने योजना संघले ल्याएको छ ।

कार्यक्रममा सहभागि जिल्लाका सरोकारवालाले जिल्लाको समग्र विकासका लागि निजि क्षेत्र र सरकारी निकायवीच आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका थिए । प्रचारमुलक र संस्थामुखि भन्दा पनि परिणाममुखि काम गर्न उहाँहरुको सुझाव थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, नेपाली काँग्रेस पर्वतका उपसभापति शिव सुवेदी, नेकपा एमालेका अध्यक्ष गोविन्द पहाडी, माओवादी केन्द्रका नेता शंकर गिरी, उद्योग बाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष केदारनाथ शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालयका संचालिका राधिका, मानवअधिकार संगठन पर्वतका अध्यक्ष माधव पौडेल लगायतले बोल्नुभएको थियो । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरवि पौडेलको अध्यक्षता तथा स्वागतमा सम्पन्न कार्यक्रमको संचालन खड्गप्रसाद खनालले गर्नुभएको थियो । धन्यवाद मन्तव्य बरिष्ठ उपाध्यक्ष कमल जिसीले राख्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण पनि गरिएको थियो ।

प्रकाशित मिति २०८१ असार ९ गते शनिवार ०३:३९
प्रतिक्रिया दिनुहोस