शिला पाण्डे, पर्वत । राधा–माधव सत्सङ आश्रम निर्माणकार्यलाई कुश्मामा महायज्ञ शुरु भएको छ । यही माघ ७ गतेदेखि १४ गतेसम्मका लागि श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु भएको हो ।
धार्मिक भवन तथा आश्रमको रुपमा निर्माणधिन अवस्थामा रहेको भवनको लागि खर्च जुटाउनको लागि महायज्ञ लगाइएको हो । महायज्ञबाट झण्डै एक करोड १५ लाख आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ ।

महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले प्रवचन गर्ने छन् । दैनिक भजनकृतन सहित प्रवचन हुनेछ । कार्यक्रमममा माघ ८देखि १३ सम्म विहान बेलुका नित्य पूजा अर्चना, भजन संकृतन हुनेछ । माघ १४ गते औपचारिक समापन कार्यक्रम राखिएको संस्थाकी सचिव रिता केसी भण्डारीले सहारापाटीलाई बताइन् ।

महायज्ञमा सहयोग गर्ने दाताहरुलाई विभिन्न सम्मान गरिनेछ । २१०० सम्म दान गर्नेको नाम व्यानरमा उल्लेख गरिनेछ । ५ हजार दिनेहरुलाई प्रमाणपत्र सहित रामनामी ओढाई सम्मान गरिनुका साथै व्यानरमा नाम लेखिनेछ ।
त्यस्तै १० हजार दिनेहरुलाई मंचबाट नाम घोषणा गरी रामनमी र प्रमाणपत्रले सम्मान गरी भित्ते लेखनमा नाम लेखिनेछ । २० हजार दिनेहरुलाई विशेष कदरपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

५० हजार दिनेहरुलाई विशिष्ट अतिथि बनाउने र विशेष कदरपत्र दोसल्लाले सम्मान गरिनेछ । १ लाख सहयोग गर्ने दानविरलाई यज्ञ अवधीभर सभानायकको आशन गराउने र विशेष सम्मान गर्ने, एक लाख भन्दा बढी दिनेहरुलाई विशेष सभा नायक बनाउने र विशेष सम्मान दिइनेछ ।
२ लाख भन्दा माथि सहयोग गर्नेहरुलाई विशेष सभानायक घोषणा गरी सपरिवारको फोटो सहित शिलालेख राखिनेछ ।
धान, चामल, खाद्यन्न, समाग्रीहरु जिन्सी तथा भवनमा आवश्यक समाग्रीहरु जस्तै झ्याल, ढोका, फर्निचरका समाग्री, बस्त्रहरु, उपयोगी भाँडाकुँडा, टिभी प्रदान गर्नेहरुलाई प्रमाणपत्र, सम्मान पत्र र कदर पत्रले सम्मान पत्रका साथै दोसल्ला ओडाइनेछ ।

भूमिदान गर्ने, कोठाहरु निर्माण गरिदिनेहरुको पारिवारिक नामावली सहित शिलालेखमा नामाकरण गरिनुका साथै कार्यक्रममा ब्रतबन्ध, शान्तिस्वस्ती, रुद्रीपाठ वा उपयोगी कर्मकाण्ड संम्बन्धि कार्य गर्नेहरुलाई आवश्यक व्यवस्था गर्ने आयोजकले जनाएको छ ।
प्रकाशित मिति २०७५ माघ ८ गते मङ्गलबार ०३:१२